सेयर बजार लगातार उकालो यात्रामा, पुनर्बीमा कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । सेयर बजारमा लगातार हरियाली छाएको छ । योसाता आइतबारदेखि लगातार दोहोरो अंकले बढेको बजारमा आज पनि ९ अंकको वृद्धि देखिएको छ । अनलाइन प्रणालीबाटै भएको कारोबारमा आज पनि झन्डै २ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ ।

 

आज सेयर बजार मापक सूचक नेप्से ९.३४ अंकले बढेर १४४०.९४ बिन्दुमा पुगेको छ । यसदिन १८९ कम्पनीको १ अर्ब ८५ करोड ५१लाख ८० हजार ५१० रुपैयाँ बराबरको कारोबार भएको छ । ३९ लाख ४० हजार ६९१ कित्ता सेयर किनबेच भएका छन् ।

 

कारोबारमा आएका १२ वटा समूहमध्ये ९ वटा समूहको परिसूचक उकालो लागेका छन् भने ३ समूहको परिसूचक ओरालो लागेका छन् । आज जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै १५१.७३ अंकले बढेको छ ।

 

आज पनि लगानीकर्ताको रोजाइमा नेपाल पुनर्बीमा कम्पनीको सेयर परेको छ । यसको आज सबैभन्दा धेरै २८ करोड ७४ लाख रुपैयाँ भन्दा बढीको सेयर किनबेच भएको छ । कारोबारकै आधरमा नेको रसूर्य लाइफ इन्स्योरेन्सको सेयर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।

 

आज कारोबारमा शीर्ष स्थानमा रहेको पुनर्बीमा कम्पनीका सेयरधनीले सबैभन्दा धेरै कमाएका छन् । यसको सेयर मूल्य सबैभन्दा धेरै ७.६९ प्रतिशतले बढेको छ ।

 

आज समृद्धि फाइनान्सको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यसको मूल्य ठ्याक्कै १० प्रतिशतले घटेको छ ।

एनआइसी एशियाले ल्यायो ‘सुपर सिक्स' योजना, मोबाइल बैंकिङबाट कारोबार गर्दा ५०० फिर्ता पाइने Read Previous

एनआइसी एशियाले ल्यायो ‘सुपर सिक्स' योजना, मोबाइल बैंकिङबाट कारोबार गर्दा ५०० फिर्ता पाइने

बैंकिङ सीएसआरको पुरानो बाटाे छाडेर नयाँ 'ट्रयाक' खन्दै कामना सेवा Read Next

बैंकिङ सीएसआरको पुरानो बाटाे छाडेर नयाँ 'ट्रयाक' खन्दै कामना सेवा