कृषि प्रधान देश भनिए पनि चामलमा विदेशकै भर, आयात दोब्बरले बढ्यो

काठमाडौं । नेपाललाई कृषि प्रधान मुलुक भनिए पनि अत्यावश्यक खाद्यान्नका लागि विदेशै भर पर्नुपर्ने अवस्था रहेको छ । कोरोनाको कारण समग्र अर्थतन्त्र नै प्रभावित भएपछि झनै खाद्य वस्तुमा परनिर्भरता झन बढेको देखिएको छ ।

 

भन्सार विभागले सार्वजनिक गरेको चालू आव पहिलो महिना (साउन)को वैदेशिक व्यापार तथ्यांक अनुसार पौने १० अर्बको खाद्यान्‍न आयात भएको छ । ६ अर्ब ६२ करोडको अन्‍न र ३ अर्ब २४ करोडको तरकारी तथा फलफूल आयात भएको छ ।

 

विभागका अनुसार अघिल्लो साउनको तुलनामा यस वर्ष चामलको आयत दोब्बर बढेको छ । तथ्यांक अनुसार २०७६ साउनमा १ अर्ब २५ करोड रुपैयाँ बराबरको प्रशोधित चामलको आयात भएकामा २०७७ साउनमा बढेर २ अर्ब ६६ करोड रुपैयाँको आायत भएको छ ।धानसमेत जोड्दा आयात आकार १ अर्ब ६४ करोड रुपैयाँबाट ३ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ ।

 

गत आर्थिक वर्ष २०७६/७७ मात्रै करिब ३३ अर्बभन्दा बढीको चामल आयात गरिएको थियो ।

 

कृषिप्रधान मुलुक भनिए पनि नेपालमा स्थानीय उत्पादनले माग धान्न नसक्नु तथा खानेबानी परिवर्तन नहुँदा बर्सेनि चामल आयात बढ्दै गएको छ ।स्थानीय उत्पादनहरुले मात्रै माग धान्न नसक्दा नेपालमा वार्षिक अर्बौं रकमको चामल आयात हुने गरेको छ ।

 

खाद्यान्न उत्पादन बढाउन सरकारले बर्सेनि विभिन्न कार्यक्रम सञ्चालन गरे पनि आयात भने प्रतिस्थापन हुन सकेको छैन ।सरकारले कृषि क्षेत्रको आधुनिकीकरण र व्यावसायीकरण गर्दै खाद्यान्नमा आत्मनिर्भर बन्नका लगि विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ ।

 

तर, स्थानीय मागले धान्न नसक्दा बर्सेनि अर्बौं रुपैयाँको चामल आयात हुने गरेको छ । त्यस्तै स्वदेशी तरकारीको तथा फलफूलको उत्पादन घट्दा तथा मूल्यसँग प्रतिस्पर्धा गर्न नसक्दा विदेशी तरकारी तथा फलफूलको माग बढेको छ ।

 

गत आवको पहिलो महिनामा तरकारी र फलफूलको आयात पनि २ अर्ब ५३ करोड रुपैयाँ बराबरबाट बढेर ३ अर्ब २४ करोड रुपैयाँ पुगेको छ ।

 

कोभिडका कारण भारतसहित खाडी मुलुकमा रोजगारीका गएका नेपाली ठूलो संख्यामा फर्किएका कारण खाद्यान्‍नको माग बढ्दा, बाढी पहिरो लगायतका कारण व्यापारीले सामान स्टकमा राख्दा लगायत कारणले आयात पनि बढेको जनाइएको छ ।

नागरिक लगानी कोषको भुक्तानी अनलाइन प्रणालीबाट, क्लियरिङ हाउसमा आबद्ध Read Previous

नागरिक लगानी कोषको भुक्तानी अनलाइन प्रणालीबाट, क्लियरिङ हाउसमा आबद्ध

काठमाडौंमा २२४ सहित थप ७४३ जनामा कोरोना पुष्टि, १७५ डिस्चार्ज, ८ जनाको मृत्यु Read Next

काठमाडौंमा २२४ सहित थप ७४३ जनामा कोरोना पुष्टि, १७५ डिस्चार्ज, ८ जनाको मृत्यु