काठमाडौं । नागरिक लगानी कोष नेपाल क्लियरिङ हाउस (एनसीएचएल) को नेशनल पेमेन्टस् इन्टरफेस (एनपीआइ) मा इन्डाइरेक्ट मेम्बरका रुपमा आबद्ध भएको छ ।
आबद्धतासँगै कोषले एनसीएचएलको एनसीएचएल आईपीएस तथा कनेक्ट आइपीएस ई-पेमेन्ट प्रणाली प्रयोग गरेर बैंक तथा वित्तीय संस्थामा रहेका लाभग्राहीका खातामा सोझै भुक्तानी गर्न सक्ने भएको छ ।
भुक्तानी प्राप्त गर्न लाभग्राहीले एकपटक आफ्नो खाताको विवरण कोषमा अद्यावधिक गराउनुपर्छ । कोषले हालै आफ्नो नयाँ कोर प्रणाली लागू गरेको छ ।
यसैगरी, एनपीआइमा आबद्ध भई भुक्तानी कारोबार स्वचालित गर्ने आफ्नो योजनालाई थप अगाडि बढाएको छ । कोषले हालका लागि उपदान कोष र लगानीकर्ता हिसाब योजनाको भुक्तानी अनलाइनमार्फत सुरुवात गरेको छ ।