सेयर बजारमा लगातार दोहोरो अंकको वृद्धि, २ अर्ब १३ करोडको कारोबार

काठमाडौं । सेयर बजार लगातार दोस्रो दिन दोहोरो अंकले बढेको छ । आइतबार करिब १३ अंकले बढेको बजारमा आज पनि उच्च अंकको वृद्धि भएको छ ।

 

सूचकसँगै आज कारोबार रकम पनि झन्डै दोब्बरले वृद्धि भएको छ । अनलाइन प्रणालीबाटै भएको कारोबारमा २ अर्ब भन्दा बढीको कारोबार भएको छ ।

 

आज सेयर बजार मापक सूचक नेप्से २१.११अंकले बढेर १४३१.४६ बिन्दुमा पुगेको छ । यसदिन १८२ कम्पनीको २ अर्ब १३ करोड ९२ लाख २ हजार ७५ रुपैयाँ बराबरको कारोबार भएको छ । ४९ लाख २४ हजार २८९ कित्ता सेयर किनबेच भएका छन् ।

 

कारोबारमा आएका १२ वटा समूहमध्ये होटल बाहेक बाँकी सबै समूहको परिसूचक उकालो लागेका छन् । आज जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै १६२.८७ अंकले बढेको छ ।

 

कोराबार रकमका आधारमा आज नेपाल पुनर्बीमा कम्पनीको सेयर शीर्ष स्थानमा रह्यो । यसको २९ करोड ३७ लाख रुपैयाँ भन्दा बढीको सेयर किनबेच भएको छ । कारोबारकै आधरमा नेपाल लाइफ र नेको इन्स्योरेन्सको सेयर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।

 

आज कर्पोरेट डेपलपमेन्ट बैंकको सेयर मूलय सबैभन्दा धेरै ६.९० प्रतिशतले बढेको छ भने छ्याङदी हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै २.२५ प्रतिशतले घटेको छ ।

उत्खननको अभावमा ग्रामकै १ लाख पर्ने बहुमूल्य ढुंगा खेर जाँदै, राज्यले अर्बौ गुमाउँदै Read Previous

उत्खननको अभावमा ग्रामकै १ लाख पर्ने बहुमूल्य ढुंगा खेर जाँदै, राज्यले अर्बौ गुमाउँदै

नागरिक लगानी कोषको भुक्तानी अनलाइन प्रणालीबाट, क्लियरिङ हाउसमा आबद्ध Read Next

नागरिक लगानी कोषको भुक्तानी अनलाइन प्रणालीबाट, क्लियरिङ हाउसमा आबद्ध