काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७४३ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या ३२ हजार ६७८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा २२४ सहित देशका विभिन्न जिल्लाका ७४३ जनामा कोरोना पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा थप १७५ जना डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको भई घर फर्कनेको संख्या १८ हजार ८०६ पुगेको छ ।
कोरोनाका कारण पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या १५७ पुगेको छ ।