काठमाडौं । विमानस्थलमै यात्रु छाडेर रित्तै फर्किएसँगै चौतर्फी विरोध भएपछि नेपाल एयरलाइन्स ती यात्रु लिन पुनः दुबइ जाने भएको छ ।
गत सोमबार यात्रु लिन दुबई गएको नेपाल एयरलायन्स यात्रु ल्याएर नेपालमा राख्ने क्वारेन्टिन नभएको भन्दै रित्तै फर्किएको थियो । त्यससँगै चौतर्फी विरोध भएपछि नेपाल एयरलायन्स टिकटकाटिसकेका यात्रु लिनका लागि आइतबार (अगस्ट २३) फेरि दुबइ जाने भएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको स्वीकृतिमा उक्त दिन दुबइबाट काठमाडौंका लागि टिकट लिइसकेका यात्रुका लागि उडान सञ्चालन गरिने निगमले आज विज्ञप्ति मार्फत जनाएको हो ।
उक्त उडानमा कोभिड–१९ नेगेटिभ रिपोर्टसहित यात्रा गर्न पनि निगमले अनुरोध गरेको छ । निगमको उडान तालिका अनुसार बिहान ७ः३० बजे काठमाडौंबाट दुबइ जाने जहाज सोही दिन दिउँसो ४ः१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने जनाइएको छ ।