पीसीआर परीक्षणमा मात्रै सरकारको ३ अर्ब खर्च, एक संक्रमित भेटाउन १ लाख

काठमाडौं । सरकारले अहिलेसम्म कोरोना भारइसको पीसीआर विधिबाट परीक्षणका लागि  अहिलेसम्म ३ अर्बभन्दा बढी खर्च भएको जनाएको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमलेका अनुसार सरकारले हालसम्म पीसीआर परीक्षणका लागि ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार ५०० रुपैयाँ खर्च भएको छ ।

 

उनका अनुसार हालसम्म ५ लाख ७९ हजार ८९९ जनाको पीसीआर परीक्षण गरिएको छ । जस अनुसार एकजनाको पीसीआर परीक्षणका लागि सरकारको ५ हजार ५०० रुपैयाँ खर्च भएको छ ।

 

यो सरकारले गरेको मात्र खर्चको विवरण हो । पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएसँगै मानिसहरुले व्यक्तिगत रुपमा आफ्नो खर्चमा पनि पीसीआर परीक्षण गर्दै आएका छन् । मानिसहरुले कति रकम व्यक्तिगत खर्च गरेर कोरोना परीक्षण गरे भन्ने तथ्यांक भने बताइएको छैन ।

 

यस्तै, एकजना कोरोना संक्रमित भेटाउन सरकारले १ लाखभन्दा बढी खर्च गरेको जनाएको छ । प्रवक्ता गौतमका अनुसार सरकारले एकजना संक्रमितको कन्ट्रयाक ट्रेसिङ गरी परीक्षण गर्दा समेत प्रतिव्यक्ति ४ हजार ६३० रुपैयाँ खर्च हुने गरेको छ ।

 

काठमाडौंमा १८२ सहित थप ८३८ जनामा कोरोना पुष्टि, ११ जनाको मृत्यु Read Previous

काठमाडौंमा १८२ सहित थप ८३८ जनामा कोरोना पुष्टि, ११ जनाको मृत्यु

चौतर्फी विरोधपछि एयरपोर्टमै छोडेर आएका यात्रु लिन फेरि दुबइ जाँदै नेपाल एयरलाइन्स Read Next

चौतर्फी विरोधपछि एयरपोर्टमै छोडेर आएका यात्रु लिन फेरि दुबइ जाँदै नेपाल एयरलाइन्स