काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८३८ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा १८२ सहित देशका विभिन्न जिल्लाका ८३८ जनामा कोरोना पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा थप २५० जना डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको भई घर फर्कनेको संख्या १८ हजार २१४ पुगेको छ ।
कोरोनाका कारण पछिल्लो २४ घण्टामा थप ११जनाको मृत्यु भएको छ । योसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या १३७ पुगेको छ ।