बैंक तथा वित्तीय क्षेत्रका लागि जनशक्ति व्यवस्थापन गर्न बिफिनजब्स् संचालनमा

काठमाडौं । बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्टिच्यूट अफ नेपाल लिमिटेड (बिफिन) ले रिक्रुटमेण्ट सम्बन्धी कार्य गर्नका लागि बिफिनजब्स् डट कम संचालनमा ल्याएको छ ।

 

नेपालको बैंक तथा वित्तीय संस्थाहरुको जनशक्ति विकासका लागि तालीम प्रदान गर्दै आइरहेको बिफिनले अब संस्थालाई आवश्यक पर्ने जनशक्ति छनौट गर्ने कार्य समेत गरीदिने भएको छ ।

 

संस्थाको मेरुदण्डको रुपमा मानिने जनशक्तिको उपयुक्त छनौट तथा आवश्यक तालीम प्रदान गरि एकद्धार प्रणाली मार्फत संचालन गर्दा बैंक तथा वित्तीय संस्थाहरुलाई सहज हुने आवश्यकता महसुस गरी रिक्रुटमेण्ट एजेन्सी संचालनमा ल्याएको हो ।

 

रिक्रुटमेण्ट एजेन्सी बिफिनजब्स् डटकम मार्फत कुनै पनि संस्थाका लागि उच्च तहका कर्मचारीहरु, व्यवस्थापकिय तहका कर्मचारीहरुको छनौट, जब पोस्टिङ सर्भिस, उम्मेदवारहरुको सर्टलिस्टिङ, परीक्षा तथा अन्तर्वार्ता, अन्तरिम व्यवस्थापन सेवा, तलब सर्वेक्षण, स्वतन्त्र सन्दर्भ जाँच सेवा र विज्ञापन सेवाहरु लगायतका सेवाहरु प्रदान गर्ने लक्ष्य राखेको छ ।

 

बिफिनजब्स् डट कम हालसालै मात्र संचालनमा ल्याइएको हुँदा प्रोमोशनल विक्री अन्तर्गत सेप्टेम्बर महिना सम्म कुनै पनि सेवा लिएमा ७५ प्रतिशत सम्म छुट प्राप्त गर्न सकिने समेत कम्पनीले जनाएको छ ।

 

बिफिन, इमर्जिङ नेपाल लिमिटेड लगायत वाणिज्य बैंकहरु, विकास बैंकहरु, वित्त कम्पनीहरु, लघुवित्त संस्थाहरु र पूँजी बजारसंग सम्बन्धित संस्थाहरु गरी  १६ वटा संस्थाहरुबाट प्रबद्धित संस्था हो ।

 

बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित तालिम, गोष्ठी तथा सेमिनार आयोजना गरी कर्मचारीहरुको सीप, ज्ञान तथा दक्षता अभिवृद्धि गर्ने, अनुसन्धान तथा परामर्श सेवा प्रदान गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शैक्षिक संस्थाहरुसंग आवद्ध गरी विभिन्न शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्ने, बैंक तथा वित्तीय संस्थाहरुको सूचनाहरु एकीकृत गरी डाटा बैंकको रुपमा राख्ने र वित्तीय क्षेत्रको विकासमा योगदान पर्याउने यस संस्थाको मुख्य उद्देश्य रहेको छ ।

तेलको धनी देश यूएईले पनि आणविक ऊर्जामार्फत विद्युत उत्पादन थाल्यो Read Previous

तेलको धनी देश यूएईले पनि आणविक ऊर्जामार्फत विद्युत उत्पादन थाल्यो

काठमाडौंमा १८२ सहित थप ८३८ जनामा कोरोना पुष्टि, ११ जनाको मृत्यु Read Next

काठमाडौंमा १८२ सहित थप ८३८ जनामा कोरोना पुष्टि, ११ जनाको मृत्यु