तेलको धनी देश यूएईले पनि आणविक ऊर्जामार्फत विद्युत उत्पादन थाल्यो

तेलको धनी राष्ट्र संयुक्त अरब ईमिरेट्स (यूएई) ले आणविक ऊर्जाबाट विद्युत उत्पादन गर्न थालेको छ । अधिकारीहरुका अनुसार आणविक शक्तिबाट उत्पादित विद्युत गत बुधबारदेखि राष्ट्रिय प्रशारणमा जोडिएको छ ।

 

राज्य संचालित समाचार समिति वामका अनुसार साउदी अरेबियासँगको सीमा नजिक रहेको बाराकाह आणविक विद्युत गृह (प्लान्ट) बाट उत्पादित विद्युत राष्ट्रिय प्रशारणमा जोएिको छ ।

 

वामले प्लान्टको नियन्त्रक कक्षभित्र कर्मचारीहरुले काम गरिरहेको तस्वीर पनि सार्वजनिक गरेको छ । कोरोना भाइरस महामारीका कारण अन्य संचार माध्यम वा स्वतन्त्र पर्यवेक्षकलाई त्यहाँ उपस्थित हुन दिइएको थिएन ।

 

जुलाई ३१ मा प्लान्टको पहिलो रियाक्टरको काम अन्तिम चरणमा पुगेको बताइएको थियो । एपीले उक्त प्लान्टसम्मको पहुँचका लागि विगतदेखि प्रयास गरेको भएपनि अनुमति दिइएको थिएन ।

 

अन्तर्राष्ट्रिय आणविक ऊर्जा संगठन र अरु नियामक निकायका अधिकारीहरुले उक्त प्लान्टको स्थलगत अध्ययन गरिसकेको छ । युएईका अधिकारीहरुले कोराना महामारी अघि पनि उक्त स्थानलाई अति सुरक्षित र गोप्य राखेका छन् ।

 

यो प्लान्टमाथि डिसेम्बर २०१७ मा यमनका विद्रोही हुथी समूहले आक्रमणको निशाना बनाएको विश्वास गरिएको छ । हुथी विद्रोहीले आफूहरुले क्रुज क्षेप्यास्त्र प्रहार गरेको बताए पनि युएईले त्यसलाई अस्वीकार गरेको थियो ।

 

बाराकाह प्लान्टमा चारवटा रियाक्टर राखिएका छन् जसबाट यूएईलाई आवश्यक विद्युतमध्ये करिब २५ प्रतिशत प्राप्त हुनेछ । यो आणविक विद्युत गृह दक्षिण कोरियाको सहयोगमा करिब २० अर्ब डलरमा निर्माण भएको हो ।

 

संयुक्तराज्य अमेरिकाले यूएईले आणविक प्रविधिमार्फत विद्युत उत्पादन गर्न लागेकामा प्रसन्नता व्यक्त गरेको छ । एपी

कृषकलाई राहत, साल्ट ट्रेडिङले पूर्वका १६ जिल्लामा युरिया मल बाँड्ने Read Previous

कृषकलाई राहत, साल्ट ट्रेडिङले पूर्वका १६ जिल्लामा युरिया मल बाँड्ने

बैंक तथा वित्तीय क्षेत्रका लागि जनशक्ति व्यवस्थापन गर्न बिफिनजब्स् संचालनमा Read Next

बैंक तथा वित्तीय क्षेत्रका लागि जनशक्ति व्यवस्थापन गर्न बिफिनजब्स् संचालनमा