निषेधाज्ञामा पनि रेमिट्यान्स सेवा सञ्चालन गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले रेमिट्यान्स सेवा सञ्चालन गर्न सेवा प्रदायक कम्पनीहरुलाई निर्देशन दिएको छ ।

 

विदेशमा रहेका नेपालीहरुले पठाएको रेमिट्यान्स निषेधाज्ञाका नेपालमा रहेका आफन्तलाई हस्तान्तरण गर्न नसक्दा आश्रित परिवारको घर व्यवहार चलाउन कठिनाइ हुने भन्दै राष्ट्र बैंकले स्थानीय निकायसँग समन्वय गरी सेवा सञ्चालन गर्न रेमिट कम्पनीहरुलाई निर्देशन दिएको हो ।

 

राष्ट्र बैंकले स्थानीय निकासँग समन्वय गरी स्वास्थ्यसँग सम्बन्धित सुरक्षाका मापदण्ड पालना गर्दै न्यूनतम कर्मचारीद्वारा आलोपालो प्रणालीमा रेमिट्यान्स भुक्तानीको व्यवस्था मिलाउन भनेको छ ।

 

यस्तै, बैंक तथा वित्तीय संस्थाहरुसँग समन्वय गरी रेमिट्यान्स फण्ड ट्रान्सफर तथा विदेशी मुद्रा सटही गरी सम्भव भएसम्म बैंकमार्फत रेमिट्यान्स भुक्तानी हुने व्यवस्था मिलाउन रेमिट कम्पनीहरुलाई निर्देशन दिएको छ ।

अब सेयर कारोबारको भुक्तानी अनलाइनबाटै गर्नुपर्ने, चेक लेन/देन नहुने Read Previous

अब सेयर कारोबारको भुक्तानी अनलाइनबाटै गर्नुपर्ने, चेक लेन/देन नहुने

‘मेरो सेयर’को सिस्टम नचल्दा आइपीओ भर्न हैरान Read Next

‘मेरो सेयर’को सिस्टम नचल्दा आइपीओ भर्न हैरान