एनएमबी बैंकले ओमलाई गाभ्न साउन २८ गते बोलायो साधरण सभा

काठमाडौं । एनएमबी बैंकले साउन २८ गते विशेष साधारण सभा बोलाएको छ । सभा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको हल (स्टाफ कलेज) जावलाखेलमा बिहान १० बजे सुरु हुनेछ ।

 

बैंकले ओम डेभलपमेन्ट बैंकलाई गाभ्न–गाभिने प्रस्ताव अनुमोदन गर्न साधरण सभा बोलाएको हो । सो सभामा सञ्चालक समितिले गरेका निर्णयहरु अनुमोदन गरिनेछ ।

 

यस्तै सभामा एनएमबि र ओम मर्जपछि अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र संशोधन गर्ने, लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक अनुमोदन गर्ने जस्ता एजेन्डा लैजाने भएको छ ।

 

मर्जरका लागि नियामक निकाय नेपाल राष्ट्र बैंकले असार ८ गते सैद्धान्तिक सहमति दिएको थियो । सोही अनुरुप दुवै बैंकले सभा डाकेका हुन् । ओमले साउन २७ मा विशेष साधारण सभा बोलाइसकेको छ ।

 

एनएमबि र ओमले जेठ २ गतेनै मर्जर सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । मर्जर सम्झौता पश्चात एनएमबिको सेयर कारोबार जेठ ३ गतेदेखि रोक्का छ । जेठ २ गतेसम्म कारोबार भई साउन २० गतेसम्म सेयर रजिष्ट्रार एनएमबि क्यापिटलमा कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् । मर्जरपछि एनएमबि बैंक नै नाम राखिने भएको छ ।

 

एनएमबिले ओमलाई १००ः७६ अनुपातमा गाभ्ने भनिए पनि विशेष साधारण सभाको सूचनामा यससम्बन्धमा केही पनि खुलाइएको छैन ।

सानिमा बैंकको नाफा ३२% बढ्यो, यस्ता छन् अन्य सूचक Read Previous

सानिमा बैंकको नाफा ३२% बढ्यो, यस्ता छन् अन्य सूचक

एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्डले १५% लाभांश दिने घोषणा Read Next

एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्डले १५% लाभांश दिने घोषणा