काठमाडौं । नयाँ आर्थिक वर्ष लागेसँगै बैंक तथा वित्तीय संस्थानहरुले धमाधम गत वषको वित्तीय विवरण सार्वजनिक गर्न थालेका छन् । यसै क्रममा देशकै सबैभन्दा कान्छो वाणिज्य बैंकको रुपमा रहेको सानिमा बैंकले पनि आफ्नो आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
बैकले सार्वजनिक गरेको विवरण अनुसार खुद नाफामा अघिल्लो वर्षको तुलनामा ३२.१५% ले बढाउन सफल भएको छ । आर्थिक वर्षको अन्त्यसम्म बैंकले २ अर्ब २४ करोड ३३ लाख ८९ हजार रुपैयाँ नाफा गरेको छ। गत वर्ष यसै अवधिमा बैंकले १ अर्ब ६९ करोड ७५ लाख ३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकले रिजर्भ कोष, खुद ब्याज आम्दानी, सञ्चालन नाफा, प्रतिशेयर आम्दानी जस्ता महत्पवूर्ण सूचकहरुमा आकर्षक प्रगति गरेको छ । बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा खुद ब्याज आम्दानी ३५.९६% ले बढाएर ४ अर्ब १० करोड १ लाख ३७ हजार रुपैयाँ पुर्याएको छ । यस्तै, सञ्चालन नाफा ३२.७५%ले बढेर ३ अर्ब २० करोड ६३ लाख ८ हजार रुपैयाँ पुगेको छ ।
बैंकको आधार ब्याज दर ९.४५ प्रतिशत छ। बैंकले प्रतिशेयर आम्दानी ६.८२ रुपैयाँले बढाएर २८.०४ रुपैंया पुर्याएको छ । प्रतिसेयर नेटवर्थ १४८.७३ रुपैयाँ रहेको ।
यस्ता छन् बैंकका मुख्य सूचकहरुको अवस्था :
