एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्डले १५% लाभांश दिने घोषणा

काठमाडौं । एनएमबी म्युचुअल फण्डद्धारा सञ्चालित सामूहिक लगानी कोष एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड–१ ले आइतबार लाभांश घोषणा गरेको छ ।

 

एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्डको आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५/०७६ बाट इकाईधनीलाई कर सहित १५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

 

एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड १ ले अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा २१.०५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

एनएमबी बैंकले ओमलाई गाभ्न साउन २८ गते बोलायो साधरण सभा Read Previous

एनएमबी बैंकले ओमलाई गाभ्न साउन २८ गते बोलायो साधरण सभा

स्याउको ‘ग्रेडिङ’ गर्न ल्याइएको मेशिन अलपत्र Read Next

स्याउको ‘ग्रेडिङ’ गर्न ल्याइएको मेशिन अलपत्र