आइपीओ ल्याउन आवेदन दिएको डिशहोमको इन्टरनेट र सिम टिभीमा पनि आक्रामक योजना

काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेडले सर्वसाधारणलाई आइपीओ जारी गर्ने प्रकृयालाई अन्तिम चरणमा पुर्याएको छ । कम्पनीले डिशहोमको सेयर सर्वसाधारणलाई विक्री गर्न लागेको हो ।

 

यसरी नागरिकलाई सेयर वितरण गर्न लागेको कम्पनीले सिम्पल मिडिया नेटवर्कको नामबाट सिम टिभी र डिशहोम फाइबर इन्टरनेटसमेत संचालन गरिरहेको छ ।

 

डिशहोम नेपालमा टेलिभिजन हेर्ने संस्कृतिमा नै परिवर्तन ल्याउने उत्पादनको रुपमा रहेको छ । नेपालमा ‘एनालग’ माध्यमबाट टेलिभिजन प्रशारण भइरहेकोमा डिशहोमले तार बिनै नेपालको कुना कन्दरामा टेलिभिजन हेर्न सक्ने बनाएर धेरै नेपालीको मन जित्न सफल भइरहेको छ ।

 

 ‘अहिले २५ एमबीपीएस इन्टरनेट अन्य कम्पनीले दिँदा १५ सय रुपैयाँभन्दा बढी लिइरहेका छन् । तर हामीले मासिक ११ सयमा इन्टरनेट र २५० रुपैयाँ थप गरेर टेलिभिजन सेवा दिइरहेका छौं ।’

 

‘विगतदेखि नै हाम्रो प्रयत्न ग्राहकलाई उत्कृष्ट सेवा दिने हो । यही लक्ष्यमा केन्द्रित रहेर हामी नेपालको प्रत्येक वडामा हाम्रो सेवा पुर्याउन सफल भएका छौं । अहिले नागरिकसँगको सम्बन्ध अझै बलियो बनाउन साधारण सेयर निस्काशन गर्ने अन्तिम तयारीमा छौं’, कम्पनीका महाप्रबन्धक रमेश सापकोटाले भने ।

 

अहिले कम्पनीले सेयर निष्काशनका लागि धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ । यस्तोमा डिश मिडिया नेटवर्कले कहाँ कहाँ लगानी गर्दै आफ्नो सेवा विस्तार गर्दै आएको छ भन्ने धेरैको चासो रहेको पाइन्छ ।

 

डिशहोम फाइबर नेट र सिम टिभी

 

विगत दुई वर्षदेखि सिम्पल मिडिया नेटवर्कले संचालन गर्दै आएको सिम टिभी र केही महिना अघि मात्रै संचालनमा आएको डिशहोम फाइबर नेट छुट्टै कम्पनीको रुपमा संचालन भएको भएपनि यी दुबै ‘प्रडक्ट’ डिशहोम अन्तर्गत संचालन भइरहेको छ ।

अहिले फरक कम्पनी भएको भए पनि यी सबै कम्पनी क्रमिक रुपमा डिश मिडिया नेटवर्कमा नै मर्जर गर्दै लाने कम्पनीले जनाएको छ । एउटै प्रमोटर भएका कारण पछि मर्ज गरेर जान सहज हुने कम्पनीको भनाइ छ ।

 

‘पब्लिक कम्पनीको रुपमा अगाडि बढेपछि तुलनात्मक रुपमा पारदर्शि बनाउँदै लगेर मर्ज गर्ने हाम्रो लक्ष्य हो’ महाप्रबन्ध सापकोटाले चाणक्य पोष्टसँग भने ।

 

सिम टिभी विगतमा संचालनमा रहेको स्पेश टाइम नेपालको ग्राहकको बीचमा निकै चर्चामा रहेको छ । उपत्यकामा हिजो एनालग हुँदा जस-जसले स्पेश टाइम नेटवर्क प्रयोग गरिरहनु भएको थियो, त्यहाँ अहिले सिम टिभी वितरण गरिरहेका छौं । केबलहरु मध्ये ‘हाइडेफिनेशन’ क्वालिटीको सेटअप बक्स वितरण गर्ने सिम टिभी पहिलो कम्पनी रहेको सापकोटा बताउँछन् ।

 

उनका अनुसार काठमाडौंमा अहिले सिम टिभीको ग्राहक बढ्दो क्रममा रहेको छ । विगत केही महिनादेखि उपत्यकामा फाइबर इन्टरनेट वितरण सुरु गरेको कम्पनीले १ हजार ग्राहक संख्या पुर्याएको छ ।

 

‘हामी आक्रामक ग्राहक विस्तारका साथ काम गर्न चाहन्थ्यौं । तर लकडाउन र कोरोना संक्रमणको कारण सोचे जस्तो विस्तार हुन सकेको छैन । यद्यपी हामीले १ हजार ग्राहक संख्या पुर्याइसकेका छौं’, सापकोटाले भने ।

 

उनका अनुसार कम्पनीले डिशहोमसँग इन्टरनेट र सिम टिभीसँग इन्टरनेटको ‘कम्बो प्याक’ नै बनाएर तीव्र इन्टरनेट विस्तारमा काम सुरु गरेको छ । सापकोटा भन्छन्, ‘हाम्रो उद्देश्य ग्राहकलाई स्तरीय सेवा दिँदै आफ्नो व्यवसाय विस्तार गर्ने हो । बजारमा अहिले अन्यले दिने सेवाभन्दा हाम्रो सेवा सस्तो रहेको छ ।’

 

कम्पनीको सेवा सर्व–सुलभ रहेको दाबी गर्दै सापकोटा भन्छन्, ‘अहिले २५ एमबीपीएस इन्टरनेट अन्य कम्पनीले दिँदा १५ सय रुपैयाँभन्दा बढी लिइरहेका छन् । तर हामीले मासिक ११ सयमा इन्टरनेट र २५० रुपैयाँ थप गरेर टेलिभिजन सेवा दिइरहेका छौं ।’

 

कहाँ कहाँ छ इन्टरनेट सुविधा

 

उपत्यकामा भैँसेपाटी, बुङमति, कपन, बौद्ध, तिनकुने र बानेश्वर एरियामा फाइवर इन्टरनेट सेवा उपलब्ध रहेको छ । भैसेपाटी, बुङमती, कपन र बौद्ध एरियामा डिशहोम र इन्टरनेटको कम्बो प्याकेज विक्री भइरहेको छ भने तिनकुने र बानेश्वर एरियामा सिम टिभीसँग कम्बो प्याकेज ग्राहकले किन्न सक्ने छन् ।

राष्ट्र बैंकद्वारा क्रिस्टल फाइनान्सको लाइसेन्स खारेज Read Previous

राष्ट्र बैंकद्वारा क्रिस्टल फाइनान्सको लाइसेन्स खारेज

एक महिनामा ११ पानी उद्योग सिल, पैसा तिर्दै उद्योग खुलाउँदै व्यवसायी Read Next

एक महिनामा ११ पानी उद्योग सिल, पैसा तिर्दै उद्योग खुलाउँदै व्यवसायी