एटीएममा प्रशस्त नगद राख्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई अत्यावश्यक सेवा नरोक्न तथा एटीएममा प्रशस्त नगद राख्न निर्देशन दिएको छ ।

 

राष्ट्र बैंकले बुधबार एक सूचना जारी गर्दै बैंकहरूलाई एटीएम मेसिनमा पर्याप्त नगद राख्न र त्यसको निगरानीको व्यवस्था मिलाउन भनेको हो ।

 

काठमाडौं उपत्यका लगायत मुलुकका विभिन्न स्थानमा निषेधाज्ञा जारी भएको अवस्थामा स्थानीय प्रशासनको आदेशको पालन गर्दै बैंक तथा वित्तीय संस्थालाई न्यूनतम बैंकिङ सेवा सुचारु गर्न गराउन पनि भनेको छ ।

 

साथै राष्ट्र बैंकले विद्युतीय माध्यमबाट हुने कारोबारको सुनिश्चितता गरी आफ्ना ग्राहकलाई सकेसम्म विद्युतीय माध्यमबाट कारोबार गर्न सूचित गराउन बैंकहरुलाई निर्देशन दिएको छ ।

 

राष्ट्र बैंकका अनुुसार बैंकहरुले अत्यावश्यक आपूर्ति सुनिश्चितता गर्न ड्राफ्ट, टीटी, प्रतितपत्र, ग्यारेन्टीजस्ता कारोबार सञ्चालन हुने व्यवस्था मिलाउनु पर्नेछ । यस्तै बैंकहरूले सम्बन्धित स्थानीय प्रशासनसँग समन्वय गरी सम्भव भएसम्म निश्चित समयका लागि आलोपालो गरी न्यूनतम कर्मचारीबाट न्यूनतम शाखा खोलेर नगद भुक्तानी तथा जम्मा, बैंक ट्रान्सफर, चेक क्लियरिङजस्ता सेवा सुरु गर्न बैंकहरूलाई केन्द्रीय बैंकले निर्देशन दिएको छ ।

 

खुल्ने शाखाको विवरण तथा सम्पर्क व्यक्तिको फोन नम्बर बैंकहरूले आफ्नो वेबसाइटमा अध्यावधिक गर्नुका साथै बन्द रहने शाखाको मूल ढोकामा सर्वसाधारणले देख्ने गरी खुल्ने वैकल्पिक शाखाको विवरण टाँस गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।

रिलायन्स इन्स्योरेन्स र समाज लघुवित्तको आइपीओ खुल्यो, कति कित्ता भर्नु उपयुक्त Read Previous

रिलायन्स इन्स्योरेन्स र समाज लघुवित्तको आइपीओ खुल्यो, कति कित्ता भर्नु उपयुक्त

होम आइसोलेशनमा बस्ने कोरोना सङ्क्रमितले प्रतिदिन ३५० रुपैयाँ पाउने Read Next

होम आइसोलेशनमा बस्ने कोरोना सङ्क्रमितले प्रतिदिन ३५० रुपैयाँ पाउने