होम आइसोलेशनमा बस्ने कोरोना सङ्क्रमितले प्रतिदिन ३५० रुपैयाँ पाउने

काठमाडौं । टोखा नगरपालिकाले कोरोना पोजेटिभ भइ होम आइसोलेशनमा बस्न चाहने सङ्क्रमितलाई सन्तुलित भोजनका लागि प्रतिव्यक्ति प्रतिदिन ३५० रुपैयाँ उपलब्ध गराउने भएको छ ।

 

नगरपालिकाको बुधबार बसेको ६० औँ नगर कार्यपालिकाको बैठकले कोरोना सङ्क्रमित भइ होम आइसोलेशनमा बस्न चाहने व्यक्तिलाई स्वास्थ्य शाखाको सिफारिसको आधारमा उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

 

टोखाले कोभिड-१९ सँग सम्बन्धित कार्यमा खटिने स्वास्थ्यकर्मीका लागि जोखिम भत्ता उपलब्ध गराउने बारेमा समेत छलफल चलाएको छ । धापासी स्वास्थ्य चौकीमा कार्यरत महिला स्वास्थ्य स्वयम् सेविका मन केसीलाई उपचार खर्चवापत ५० हजार रुपैयाँमा उपलब्ध गराउने निर्णय गरेको छ ।

 

कोरोना नियन्त्रण तथा रोकथाममा प्रत्येक वडाबाट खटिएका बढीमा १५ जना स्वयम् सेवकलाई सम्बन्धित वडा कार्यलयको सिफारिसको आधारमा राष्ट्रिय बीमा कम्पनीमार्फत कोरोना बीमा प्रक्रिया अगाडि बढाउने निर्णय भएको नगरप्रमुख प्रकाश अधिकारीले  जानकारी दिए।

 

टोखाले विष्णुमति करिडोर निर्माणको सम्बन्धमा सरोकारवालासँग आवश्यक छलफल गरी प्रक्रिया अगाडि बढाउने भएको छ । बैठकले आजदेखि जिल्ला प्रशासन कार्यालयले लगाएको निशेषाज्ञालाई कडाइका साथ लागू गर्ने निर्णयसमेत गरेको छ ।रासस

एटीएममा प्रशस्त नगद राख्न राष्ट्र बैंकको निर्देशन Read Previous

एटीएममा प्रशस्त नगद राख्न राष्ट्र बैंकको निर्देशन

सहमति विपरीत बैंकका कर्मचारीलाई प्रहरीले बाटोमै रोक्यो, सबै बैंक बन्द गर्न बैंकर्स संघको निर्देशन Read Next

सहमति विपरीत बैंकका कर्मचारीलाई प्रहरीले बाटोमै रोक्यो, सबै बैंक बन्द गर्न बैंकर्स संघको निर्देशन