सुनको भाउ फेरि तोलाको १ लाख नाघ्यो

काठमाडौं । सुनको भाउ फेरि तोलाको १ लाख रुपैयाँ नाघेको छ । यसअघि तोलाको १ लाख ३ हजारसम्म पुगेको सुनको भाउ घटेर गतसाता १ लाख मुनि आएको थियो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९८ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन प्रतितोला २ हजार २०० रुपैयाँले बढेर तोलाको १ लाख ४०० रुपैयाँ पुगेको छ ।

 

यस्तै, तेजाबी सुन पनि प्रतितोला २ हजार २०० रुपैयाँले नै बढेर तोलाको ९९ हजार ९०० रुपैयाँ पुगेको छ ।

सुनसँगै चाँदीको भाउ पनि बढेको छ । सोमबारकोतुलनामा चाँदीको भाउ प्रतितोला ६५ रुपैयाँले बढेर १ हजार ३८० रुपैयाँ पुगेको छ ।

 

अन्तर्राष्ट्रिय बजारमा पहेँलो धातुकोभाउ बढेसँगै नेपालमा पनि त्यसको असर परेको महासंघले जनाएको छ ।

नागरिक लगानी कोषको हकप्रदले लगानीकर्तालाई लोभ्यायो, सेयर मूल्यमा पोजेटिभ सर्किट Read Previous

नागरिक लगानी कोषको हकप्रदले लगानीकर्तालाई लोभ्यायो, सेयर मूल्यमा पोजेटिभ सर्किट

इन्साइडर ट्रेडिङ रोक्ने क्षमता नभएको बोर्डले कमोडिटी मार्केट कसरी नियमन गर्ला ? Read Next

इन्साइडर ट्रेडिङ रोक्ने क्षमता नभएको बोर्डले कमोडिटी मार्केट कसरी नियमन गर्ला ?