काठमाडौं । हकप्रद सेयर जारी गर्ने घोषणा गरेसँगै नागरिक लगानी कोषको सेयरमा लगानीकर्ता झुम्मिएका छन् ।
कोषले सोमबार १००:८२ अनुपातमा हकप्रद सेयर जारी गर्ने घोषणा गरेको थियो । सोसँगै लगानीकर्ता यसको सेयरप्रति आकर्षित भएका हुन् ।
सोमबार प्रतिकित्ता २ हजार ६४६ रुपैयाँमा कारोबार भएको कोषको सेयर मूल्य बजार खुल्न साथ करिब १० प्रतिशतले २ हजार ९१० रुपैयाँ पुगेको छ । कम्पनीको सेयर मूल्यमा सर्किट लागे पनि कोषको सेयर किन्न लगानीकर्ताको ओइरो लागेको छ ।
लगानी कोषले प्रतिसेयर १०० रुपैयाँ दरले १ अर्ब ३५ करोड ९२ लाख ५९ हजार २०० रुपैयाँ बराबरको १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।
उक्त हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्ध सेवाका लागि आरबीबी मर्चेण्टलाई नियुक्त गरेको छ ।