फास्ट इन्टरनेट सेवा दिन डेटा सेन्टर विस्तार गर्दै क्लासिक टेक

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी क्लासिक टेक प्रालिले प्रयोगकर्तालाई उच्च गतिको इन्टरनेट प्रदान गर्ने योजनाका साथ डेटा सेन्टर विस्तार गरेको छ ।

 

कम्पनीले विराटनगरको महेन्द्रचोकमा स्थापना गरेको नयाँ डेटा सेन्टर सञ्चालनमा ल्याएको हो । यसअघि काठमाडौंको बानेश्वरमा मात्र सीमित रहेकोमा कम्पनीले पहिलो पटक डेटा सेन्टर उपत्यका बाहिर विस्तार गरिएको हो ।

 

अबको निकट भविष्यमै बुटवलमा समेत डेटा सेन्टर स्थापना गर्ने गरी आवश्यक तयारी भइरहेको कम्पनीले जनाएको छ । इन्टरनेट प्रयोगकर्तालाई सहज र उच्च गतिको इन्टरनेट उपलब्ध गराउन कम्पनी डेटा सेन्टर विस्तारमा जुटेको बताइएको छ ।

 

कम्पनीका अनुसार विराटनगरमा स्थापना गरिएको डेटा सेन्टरमार्फत पूर्वी क्षेत्रमा रहेका इन्टरनेट प्रयोगकर्ता लाभान्वित हुनेछन् ।
उक्त स्थानमा सञ्चालनमा आएको डेटा सेन्टरमा फेसबुक, युट्युव, गूगल, इन्स्टाग्राम, ह्वाट्सएप, नेटफ्लिक्स र अकामाईको क्यास सर्भर राखिएको छ ।

 

उक्त डेटा सेन्टरमार्फत् इन्टरनेट सेवा प्रदान गर्न १०० जीबीपीए प्रतिसेकेण्डको ब्याकबोन नेटवर्क जडान गरिएको छ । कम्पनीले हाल बिराटनगर, विरगञ्ज र भैरहवा नाकाबाट इन्टरनेटका लागि अन्तर्राष्ट्रिय ब्याण्डविथ भित्र्याइरहेको छ ।

 

कम्पनीकाअनुसार विराटनगरको डेटा सेन्टरमार्फत् प्रयोगकर्तालाई लोकल ट्राफिक प्रदान गरिने छ । ग्राहकको मागअनुसार गुणस्तरीय सेवा प्रदान गर्नका लागि आवश्यक पर्ने नेटवर्क विस्तार गर्न नजिकै रहेको डेटा सेन्टरमा ‘पेयरिङ’ गरिएको छ ।

 

जसले गर्दा इन्टरनेट सस्तो, गुणस्तरीय र उच्च गतिको हुने कम्पनीको दाबी छ । उक्त डेटा सेन्टरको मर्मत र निगरानीका लागि अनुभवी नेटवर्क तथा स्टिम इन्जिनियर चौबिसै घण्टा कार्यरत रहेका छन् । साथै, विद्युतको नियमित आपूर्तिका लागि ब्याकअप सिस्टमसमेत राखिएको छ ।

नागरिक लगानी कोषले १ करोड ३५ लाख कित्ता हकप्रद सेयर निष्काशन गर्ने Read Previous

नागरिक लगानी कोषले १ करोड ३५ लाख कित्ता हकप्रद सेयर निष्काशन गर्ने

काठमाडौंमा १६८ सहित थप ५८१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २७ हजार २४१ पुग्यो Read Next

काठमाडौंमा १६८ सहित थप ५८१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २७ हजार २४१ पुग्यो