नागरिक लगानी कोषले १ करोड ३५ लाख कित्ता हकप्रद सेयर निष्काशन गर्ने

काठमाडौं । नागरिक लगानी कोषले १०० कित्ता सेयर बराबर ८२ कित्ता (१:०.८२) अनुपातमा हकप्रद जारी गर्ने भएको छ ।

 

लगानी कोषले प्रतिसेयर १०० रुपैयाँ दरले १ अर्ब ३५ करोड ९२ लाख ५९ हजार २०० रुपैयाँ बराबरको १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।

 

उक्त हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्ध सेवाका लागि आरबीबी मर्चेण्टलाई नियुक्त गरिएको छ ।

 

हकप्रद निष्काशन गर्ने सम्बन्धी सम्झौतामा कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र मर्चेण्ट बैकिङका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद प्याकुरेलले हस्ताक्षर गरे ।

सेयर बजार लयमा फर्कियो, सूचक दोहोरो अंकले बढ्दा १ अर्ब बढीको कारोबार Read Previous

सेयर बजार लयमा फर्कियो, सूचक दोहोरो अंकले बढ्दा १ अर्ब बढीको कारोबार

फास्ट इन्टरनेट सेवा दिन डेटा सेन्टर विस्तार गर्दै क्लासिक टेक Read Next

फास्ट इन्टरनेट सेवा दिन डेटा सेन्टर विस्तार गर्दै क्लासिक टेक