काठमाडौं । आइतबार दोहोरो अंकले घटेको सेयर बजार आज लयमा फर्किएको छ । कारोबार सुरु भएदेखि उतरचढाव देखिएको बजार दोहोरो अंकले बढेर बन्द भएको छ ।
आज सेयर बजार मापक सूचक नेप्से १०.७३ अंकले बढेर १४०२.२१ बिन्दुमा पुगेको छ । यसदिन १८४ कम्पनीको १ अर्ब ७ करोड ४९ लाख ३२ हजार ५९७ रुपैयाँ बराबरको कारोबार भएको छ । ३५ लाख ९१ हजार ४८ कित्ता सेयर किनबेच भएका छन् ।
कारोबारमा आएका १२ वटा समूहमध्ये जलविद्युत् बाहेक अन्य सबै समूहको परिसूचक उकालो लागेको छ । निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै १६२.१३ अंकले घटेको छ ।
कोराबार रकमका आधारमा आज पनि नेपाल बैंकको सेयर शीर्ष स्थानमा रह्यो । यसको ६ करोड ९७ लाख रुपैयाँ भन्दा बढीको सेयर किनबेच भएको छ । कारोबारकै आधरमा नेपाल पुनर्बीमा कम्पनी र नेको इन्स्योरेन्स क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।
आज साधना लघुवित्तको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसको मूल्य करिब १० प्रतिशतले बढेको छ ।
आज छ्याङदी हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ४.४ प्रतिशतले घटेको छ ।