काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५८१ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या २७ हजार २४१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको ११ हजार ५२० जनाको नमूना परीक्षणमा काठमाडौं उपत्यकामा १६८ सहित देशका विभिन्न जिल्लाका ५८१ जनामा कोरोना पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा थप १६० जना डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको भई घर फर्कनेको संख्या १७ हजार ४९५ पुगेको छ ।
कोरोनाका कारण पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या १०७ पुगेको छ ।