इन्डोनेसियाको ७५औं स्वतन्त्रता दिवस नेपालमा पनि मनाइयो

काठमाडौं । गणतन्त्र इण्डोनेसियाको ७५औं स्वतन्त्रता दिवस नेपालमा पनि मनाइएको छ ।

 

उक्त अवसरमा नेपालका लागि इण्डोनेसियाका अवैतनिक वाणिज्यदूत एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले वाणिज्यदूतको कार्यालय, आइएमई कम्प्लेक्स परिसरमा इण्डोनेसियाको झण्डोत्तलन गरे । झण्डोत्तलनमा वाणिज्यदूत कार्यालय तथा आइएमई ग्रुपमा कार्यरत कर्मचारीहरुको सीमित संख्यामा उपस्थिति रहेको थियो ।

 

नेपाल र गणतन्त्र इण्डोनेसियाबाीच सन् १९६० मा औपचारिक कुटनीतिक सम्बन्ध स्थापना भएको थियो । गणतन्त्र इण्डोनेसियाले आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई नेपालका लागि इण्डोनेसियाको अवैतनिक वाणिज्यदूतमा नियुक्त गरे यता यी दुई देशबीचको सम्बन्ध थप मजबुत बन्दै आएको छ । नेपालका लागि इण्डोनेसियाको गैह्र आवासीय राजदूतको कार्यालय बंगलादेशको ढाकामा अवस्थित छ ।

 

इण्डोनेसिया आसियान राष्ट्रहरू मध्येको सबैभन्दा ठूलो अर्थतन्त्र हो । साथै नेपाल र इण्डोनेसियाबीचको व्यापारको परिमाण पनि निकै ठूलो छ । दुई देशबीच पर्यटन लगायत विभिन्न व्यापार व्यवसायका क्षेत्रमा थुप्रै सम्भावनाहरु रहेका छन् ।

काठमाडौंमा १६८ सहित थप ५८१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २७ हजार २४१ पुग्यो Read Previous

काठमाडौंमा १६८ सहित थप ५८१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २७ हजार २४१ पुग्यो

जग्गा रोक्का-फुकुवाको काम बैंकबाटै हुने, मालपोत धाउन नपर्ने Read Next

जग्गा रोक्का-फुकुवाको काम बैंकबाटै हुने, मालपोत धाउन नपर्ने