काठमाडौं । कारोनाका बाबजूद शिखर इन्स्योरेन्सले खुद नाफा बढाएको छ ।
कम्पनीले सोमबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासिक वित्तीय विरण अनुसार ४५ करोड १ लाख ८४ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
यो अघिल्लो आवको तुलनामा ६.३९ प्रतिशत बढी हो । अघिल्लो वर्ष शिखरले ४२ करोड ३१ लाख ३६ हजार रुपैयाँ नाफा कमाएको थियो ।
समीक्षा अवधिमा कम्पनीको बीमा कोषको आकार १.४४ प्रतिशतले बढेर १ अर्ब ५ करोड ७३ लाख रुपैयाँ पुगेको छ । कम्पनीले असार मसान्तसम्ममा १ अर्ब १८ करोड ५४ लाख खुद बीमा शुल्क आर्जन गरेको छ ।
असार मसान्तसम्म आइपुग्दा यस इन्सुरेन्सले १ अर्ब ६७ करोड १८ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ भने ८० करोड ४७ लाख रुपैयाँ कुल दाबी भुक्तानी हुन बाँकी छ । यस कम्पनीले महाविपत्ति कोषमा ९ करोड ४३ लाख रुपैयाँ राखेको छ ।
समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २.५६ रुपैयाँले बढेर ४२.५८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २८८.०२ रुपैयाँ रहेको छ ।