निगमले फेरि बढायो डिजेल, पेट्रोलको भाउ, कति पुग्यो लिटरको

काठमाडौं । मूल्य बढाएको दुई साता नपुग्दै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ फेरि बढाएको छ ।

 

आज राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १/१ रुपैयाँ मूल्य वृद्धि गरेको हो ।

 

अब नयाँ मूल्य अनुसार पेट्रोलको प्रतिलिटर १०५ रुपैयाँ पुगेको छ । यस्तै, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९१ रुपैयाँ पुगेको छ ।

 

हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।

 

यसअघि निगमले साउन १८ गते मात्रै पेट्रोलको २ रुपैयाँ, डिजेल र मट्टीतेलको प्रतिलिटर १.५० रुपैयाँले बढाएको थियो।

ज्योति लाइफले पायो यूआरएस आइएसओ मान्यता Read Previous

ज्योति लाइफले पायो यूआरएस आइएसओ मान्यता

कोरोनाको बाबजूद शिखर इन्सुरेन्सको नाफा बढ्यो Read Next

कोरोनाको बाबजूद शिखर इन्सुरेन्सको नाफा बढ्यो