काठमाडौं । बैंक अफ काठमाण्डूले संस्थापक सेयर लिलामी बिक्री खुला भएको छ ।
बैंकले भदौ १ गते (खाज) देखि संस्थापक सेयरधनीको नाममा रहेकोे ३ लाख १६ हजार १५६ कित्ता सेयर बिक्री खुला गरेको हो ।
बैंकको लिलामीमा आएको सेयर किन्न इच्छुकले न्यूनतम १४० रुपैयाँभन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
बैंकको लिलामीमा आएको सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले भदौ ८ गतेसम्म आवेदन दिन सकिनेछ । बिक्री एनएमबी क्यापिटल नागपोखरी, काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।
लिलामी सेयरको आवेदन भदौ ९ गते बिहान १० बजे एनएमबी क्यापिटलको कार्यालय नागपोखरीमा खोलिनेछ ।