ग्लोबल आइएमई बैंकको सीईओमा रत्नराज बज्राचार्य नियुक्त

काठमाडौं। चुक्ता पूँजीका आधारमा देशकै ठूलो बैंक ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रत्नराज बज्राचार्य नियुक्त भएका छन्।

 

बैंकको संचालक समिति बैठकको शुक्रबार बसेको बैठकले बज्राचार्यलाई ४ वर्षका लागि सीईओमा नियुक्त गरेको हो। उनले भदौ १ गते (सोमबार) देखि पदभार सम्हाल्ने छन् ।

 

उनी दोस्रो पटक ग्लोबल बैंकको सीईओमा नियुक्त भएका हुन्। यसअघि पनि उनले एक पटक ग्लोबलको नेतृत्व सम्हालिसकेका छन् । त्यस्तै सनराइज बैंकको पनि सीईओ बनिसकेका छन् ।

 

नेपाल राष्ट्र बैंकमा २ दशक बिताएका बज्राचार्य चार्टर्ड एकाउन्टेन्ट पनि हुन्। उनी नेपाली बैंकिङ क्षेत्रमा एक अनुभवी र सफल बैंकरको रुपमा परिचित छन्।

किसान क्रेडिट कार्ड बनाउने काम अन्तिम चरणमा, तर अहिलेसम्म वास्तविक किसानको तथ्यांक नै छैन Read Previous

किसान क्रेडिट कार्ड बनाउने काम अन्तिम चरणमा, तर अहिलेसम्म वास्तविक किसानको तथ्यांक नै छैन

२१ वाणिज्य बैंकको खुद नाफा घट्यो, कुन बैंकको कति (तथ्यांकसहित) Read Next

२१ वाणिज्य बैंकको खुद नाफा घट्यो, कुन बैंकको कति (तथ्यांकसहित)