सुन लगानी योग्य सम्पत्ति हुनुमा कुनै समस्या छैन, तर बजार एकतर्फी बाटो जस्तो सहज भने छैन । मानिसहरुका धारणा हुनसक्छन्, समग्र बजारको धेरै महत्व हुन्छ सुनको मात्र भन्दा बढी ।
तथ्य के हो भने सुन मात्र नभएर कुनै पनि लगानी योग्य सम्पत्तिको मूल्य सीधा धर्कामा बढिरहन सक्दैन । ‘करेक्सन’ र स्थिरताका चरणहरु आउँछन् । अहिलेको सुनको उच्च मूल्य त्यसको आधारभूत विश्लेषणले पुष्टि गरेपनि बिजुली गतिमा बढेको मूल्यले भने चासो बढाएकै छ । यसो हेर्दा सुनको मूल्यमा करेक्सन आउन केही ढिकै भइसकेको हो कि जस्तो लाग्छ ।
हाम्रो विचारमा अहिले छोटो समयको लागि सुनको मूल्यमा स्थिरता र करेक्सन आए पनि दीर्घकालमा भने बलियो आधार भएका कारण यसको मूल्य अझै सक्ने छ ।
जुन बेला विश्लेषकहरु सुनको बुल रनको अन्त्य भएको घोषणा गर्दै आएका छन्, सुनको मूल्य झन बढेको छ र उनीहरु चुपचाप भएका छन् । विश्व अर्थतन्त्रका केही आधारभूत सत्यहरु छन् जसले सुनको मूल्य बढाइरहेका छन् । समयसमयमा आउने करेक्सनहरु सुन किन्ने मौका हुन् ।
नीति निर्माणको क्षेत्रमा व्याप्त ‘थ्यौरी’– मुद्राको आपूर्ति बढाएर, ऋणको विस्तार गरेर र सरकारी खर्च बढाएर अर्थतन्त्र बलियो बनाउन सकिन्छ.– यससँग पनि बढ्दो सुनको मूल्यको कारण जोडिन्छ ।
अहिले सुन बजारलाई प्रभाव पार्ने प्रमुख तत्व भनेको पश्चिमा अर्थतन्त्रमा अत्याधिक बढेको सार्वभौम ऋण र कागजको पैसा हो, जसलाई कुनै एउटा सरकारले आफ्नो स्वार्थ अनुरुप उपयोग गर्न सक्छ । यो अत्याधिक ऋण र नकारात्मक आर्थिक वृद्धिको कारणले केन्द्रीय बैंकहरुलाई अर्थतन्त्र चलायमान बनाउन, युद्धहरुमा सहभागी हुन, बिल तिर्न, ऋणको भार कम गर्न पहिले भन्दा धेरै पैसा छाप्न दबाब पर्नेछ । पैसाको मूल्य घटाउने सुझबुझ पूर्ण कदम पनि यो रणनीतिमा पर्न सक्नेछ ।
विश्व अर्थतन्त्र धराशायी बन्दै गएको छ र त्यसै कारण ठूला लगानीकर्ताहरु यो समस्या समाधान नभएसम्मको लागि सुनमा लगानी गर्न थालेका छन् । सुन ऐतिहासिक रूपमै आफूलाई प्रमाणित गरिसकेको, तुलनात्मक रुपमा उतारचढाव कम हुने र लामो समयसम्म मूल ‘स्टोर’ गर्न सकिने भरपर्दो सम्पत्ति हो । अर्को तर्फ धेरै कागजी पैसा छाप्ने दौड भने चलिनै रहनेछ अझै केही समय । राष्ट्रहरुलाई लाग्छ कि धेरै ‘क्यास’ले उनीहरुलाई यो आर्थिक समस्याबाट बाहिर आउन मद्दत पुर्याउनेछ । साथै, धेरै पैसा छापेर पैसालाई जति अवमूल्यन गर्न सक्यो त्यति राष्ट्रको रुपमा धनी हुने संभावनाको ढोका खुल्छ भन्ने विश्वास पनि धेरै देशहरुलाई छ ।
ऋणात्मक वास्तवीक दरको समय अहिले पनि छ । आर्थिक परिदृश्य राम्रो नदेखिएको र विभिन्न आर्थिक सूचकहरुले अर्थतन्त्र अझै तल झर्ने देखाइरहँदा ऋणात्मक वास्तविक दर तत्काल हट्ने अवस्था देखिँदैन । यसले सुनको मूल्य अझै माथि लैजान सहयोग पुर्याउला । मानिसहरुले आफ्नो सम्पत्ति स्टोर गर्ने भरपर्दो उपाएको रुपमा सुनलाई नै लेलान, अझै केही समय । बेलामौका आउने करेक्सनले सुनलाई कमजोर हातहरुबाट बलिया हातहरुमा जाने वातावरण बनाउने देखिन्छ ।
समग्रमा भन्दा हामीलाई सुनको बुल रनको कारण कुनै विशेष वस्तुगत परिर्वतन हो भन्ने लाग्दैन । चल्तिको सिद्धान्त नै मुख्य कारण हो । सुनको मूल्य केही घटेपनि त्यो छोटो समयको लागि मात्र घट्ने देखिन्छ । अन्य बुल रन जस्तै करेक्सन र स्थिरता स्वभाविक हुन् । यसले हामीलाई अचम्मित बनाउँदैन । सन् २००० देखि २०१२ को सुनको बुल रनमा पनि ७ वटा ठूला करेक्सनहरु देखिएका थिए ।
जुन बेला विश्लेषकहरु सुनको बुल रनको अन्त्य भएको घोषणा गर्दै आएका छन्, सुनको मूल्य झन बढेको छ र उनीहरु चुपचाप भएका छन् । विश्व अर्थतन्त्रका केही आधारभूत सत्यहरु छन् जसले सुनको मूल्य बढाइरहेका छन् । समयसमयमा आउने करेक्सनहरु सुन किन्ने मौका हुन् ।
अहिलेको सुनको मूल्यको दिशा बदल्नका लागि यात अमेरिकी डलरको पूनर्मूल्याङकन हुनुपर्छ वा विश्व अर्थतन्त्र सुध्रनु पर्छ, नियन्त्रीत मुद्रास्फिति सहित । यसले ब्याजदर बढाउँछ र केन्द्रीय बैंकहरु पनि पैसा छाप्नुपर्ने लेठोबाट मुक्त हुन्छन् ।
यो अवस्था कम्तीमा अर्को २ वर्ष नआउने देखिन्छ र त्यसैले यो समय सुनको पक्षमा छ । अहिलेको जस्तो उच्च उतारचढाव भने केही चिन्ताजनक छ । तर, बृहत् अर्थतन्त्र, अन्य सम्पत्ति बजारहरु (एसेट मार्केट) र मुद्राहरुको उतारचढावले वास्तविक अवस्थाको चित्रण भने नगर्ने होइनन् । सुन पनि त्यस्तै एउटा मुद्राको रुप न हो । यसको मूल्यले पनि मुद्राको अधिक आपूर्तिसँग आफ्नो तालमेल मिलाइहाल्छ । अहिले मुद्राहरुमा धेरै उतारचढाव आएको छ, समय पनि अस्थिर छ । यसले पनि सुनको मूल्यमा देखिएको उतारचढाव स्वभावीक नै हो भन्ने देखाउँछ ।
सुनको मूल्यमा देखिएको अहिलेको सकारात्मक वातावरण बोनस हो । वास्तवमा भन्ने हो भने आफ्नो लगानीको विविधीकरणको लागि सुन सधैं नै उपयुक्त सम्पत्ति (एसेट) हो ।
-दी इकोनोमिक टाइम्स