सुनको भाउ फेरि लाग्यो उकालो, दुई दिनमै तोलामा ३४ सय बढ्यो

काठमाडौं । बुधबार एकैपटक तोलामै ६ हजार २०० रुपैयाँले घटेको सुनको भाउ पुनः उकालो लाग्न थालेको छ ।

 

हिजो तोलामा २ हजार ६०० रुपैयाँले बढेको सुनको मूल्य आज फेरि ८०० रुपैयाँले बढेको छ । पछिल्लो २ दिनमै सुनको भाउ ३ हजार ४०० रुपैयाँले बढेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायीमहासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ९८ हजार ६०० रुपैयाँ पुगेको छ । यस्तै, तेजाबी सुन प्रतितोला ९८ हजार १०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

 

यस्तै, चाँदीको भाउ पनि प्रतितोलामा ६० रुपैयाँले बढेर प्रतितोला १ हजार ३५५ रुपैयाँ पुगेको छ । बिहीबार चाँदी प्रतितोला १ हजार २९५ रूपैयाँमा कारोबार भएको थियो ।

 

अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि भएसँगै नेपालमा पनि त्यसको असर परेको महासंघले जनाएको छ । शुक्रबार अन्तर्राष्टिय बजारमा सुनको मूल्य प्रतिऔंस २३ डलरले वृद्धि १ हजार ९५१ डलर पुगेको छ ।

कोरोनाका बीच सेञ्चुरी बैंकको नाफामा छलाङ, यस्तो छ अन्य सूचकको अवस्था Read Previous

कोरोनाका बीच सेञ्चुरी बैंकको नाफामा छलाङ, यस्तो छ अन्य सूचकको अवस्था

सुनको मूल्य अझै लामो समयसम्म बढ्नेछ, यस्ता छन् आधार Read Next

सुनको मूल्य अझै लामो समयसम्म बढ्नेछ, यस्ता छन् आधार