कोरोनाका बीच सेञ्चुरी बैंकको नाफामा छलाङ, यस्तो छ अन्य सूचकको अवस्था

काठमाडौं । कोरोनाका कारण अधिकांश बैंकहरुको खुद मुनाफा घटिरहेको बेला सेञ्चुरी कमर्शियल बैंकले भने छलाङ मारेको छ ।

 

बैंकले शुक्रबार सार्वजनिक गरेको गत आवको चौथौ त्रैमासिक वित्तीय विवरण अनुसार असार मसान्तसम्ममा ९० करोड ६३ लाख २३ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

 

यो अघिल्लो आवको तुलनामा ३४ प्रतिशतले बढी हो । बैंकले अघिल्लो आवको सोही अवधिमा ६७ करोड ६४ लाख रुपैयाँ नाफा कमाएको थियो ।

 

समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा ४० करोड ९२ हजार रुपैयाँ छ। ८ अर्ब ४१ करोड ५४ लाख चुक्ता पूँजी रहेको बैंक जगेडा कोषमा १ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ।

 

समीक्षा अवधिमा बैंकले ६५ अर्ब ३४ करोड निक्षेप संकलन गरी ५८ अर्ब ४ करोड ४४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। यसबाट बैंकले २ अर्ब ८६ करोड रुपैयाँ ब्याज कमाएको छ ।

 

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी वार्षिक १०.७७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२६.७६ रुपैयाँ, मूल्य आम्दानी अनुपात १५.३४ गुणा, आधारदर ९.३८, खराब कर्जा २.२१ प्रतिशत छ ।

माछापुच्छ्रे बैंकद्वारा नेपालमै पहिलोपटक वी च्याट वालेटको भुक्तानी सेवा शुरु Read Previous

माछापुच्छ्रे बैंकद्वारा नेपालमै पहिलोपटक वी च्याट वालेटको भुक्तानी सेवा शुरु

सुनको भाउ फेरि लाग्यो उकालो, दुई दिनमै तोलामा ३४ सय बढ्यो Read Next

सुनको भाउ फेरि लाग्यो उकालो, दुई दिनमै तोलामा ३४ सय बढ्यो