माछापुच्छ्रे बैंकद्वारा नेपालमै पहिलोपटक वी च्याट वालेटको भुक्तानी सेवा शुरु

काठमाडौं । माछापुच्छ्रे बैंकले नेपालमै पहिलो पटक वी च्याट वालेटको भुक्तानी सेवा भित्र्याएको छ ।

 

नयाँ प्रविधिहरु भित्र्याउन अग्रसर  बैंकले नेपालमा आउने चिनिया पर्यटकहरुलाई लक्षित गर्दै वी च्याट वालेटबाट हुने भुक्तानी स्वीकार गर्न यो सेवा शुभारम्भ गरेको हो ।

 

उक्त सम्झौता पश्चात नेपाल आउने पर्यटकहरुले माछापुच्छ्रे बैंकसँग आबद्ध मर्चेन्टहरुबाट वस्तु तथा सेवा खरीद गरे वापत भुक्तानी गर्नुपर्ने रकम क्यूआर कोड स्क्यान गरी वी च्याट वालेटमार्फत भुक्तानी गर्न सक्नेछन् । बैंकले फस्ट पे टेक्नोलोजीसँगको सहकार्यमा उक्त सेवा संचालनमा ल्याएको हो ।

 

बैंकले हाल देशभरका १५९ वटा शाखा कार्यालय,१३४ शाखारहित बैकिङ सेवा, १९८ वटा एटीएम र १ हजार भन्दा बढी पीओएसमार्फत बैकिङ सेवा प्रदान गर्दै आएको छ ।

मर्जर पछि देशकै ठूलो बैंक बनेको ग्लोबलले कमायो साढे ३ अर्ब, यस्तो छ अन्य वित्तीय सूचक Read Previous

मर्जर पछि देशकै ठूलो बैंक बनेको ग्लोबलले कमायो साढे ३ अर्ब, यस्तो छ अन्य वित्तीय सूचक

कोरोनाका बीच सेञ्चुरी बैंकको नाफामा छलाङ, यस्तो छ अन्य सूचकको अवस्था Read Next

कोरोनाका बीच सेञ्चुरी बैंकको नाफामा छलाङ, यस्तो छ अन्य सूचकको अवस्था