मर्जर पछि देशकै ठूलो बैंक बनेको ग्लोबलले कमायो साढे ३ अर्ब, यस्तो छ अन्य वित्तीय सूचक

काठमाडौं । जनता बैंकसँग मर्ज गरेर चुक्ता पूँजीका आधारमा देशकै ठूलो बैंक बनेको ग्लोबल आइएमई बैंकले गत आवको चौथो त्रैमाससम्ममा साढे ३ अर्ब खुद नाफा कमाएके छ ।

 

बैंकले शुक्रबार सार्वजनिक गरेको गत आवको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार ३ अर्ब ५३ रुपैयाँ खुद नाफा कमाएको छ । जसमा ग्लोबलले गत असारसम्ममा ३ अर्ब ८ करोड नाफा कमाएको छ भने मर्जरमा जानु अगाडिको जनताले कमाएको ४५ करोड १३ लाख नाफा कमाएको थियो ।

 

समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य नाफा १ अर्ब ७३ करोड रुपैयाँ छ। यसबाट सेयरधनीलाई ९ प्रतिशत लाभांश दिने क्षमता राख्दछ ।

 

हाल १८ अर्ब ९७ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ८ अर्ब ४१ करोड रुपैयाँ सञ्चित छ।

 

समीक्षा अवधिमा बैंकले २ खर्ब १२ अर्ब ३१ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ८९ अर्ब ३८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। जसबाट बैंकले ८ अर्ब १९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत वर्षको तुलनामा २ अर्ब ९५ करोड रुपैयाँले धेरै हो।

 

बैंकको प्रतिसेयर आम्दानी १६.२७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५२.९२ रुपैयाँ, मूल्य आम्दानी अनुपात १४.६९ गुणा छ । यस्तै, बैंकको खराब कर्जा १.८० प्रतिशत, आधारदर ८.४२ प्रतिशत, सीसीडी रेसियो ७३.१८ प्रतिशत र स्प्रेडदर ४.४३ प्रतिशत छ।

कोरोनाका बाबजूद एनआइसी एशिया र एनएमबी बैंकको नाफा बढ्यो, लाभांश क्षमता कति Read Previous

कोरोनाका बाबजूद एनआइसी एशिया र एनएमबी बैंकको नाफा बढ्यो, लाभांश क्षमता कति

माछापुच्छ्रे बैंकद्वारा नेपालमै पहिलोपटक वी च्याट वालेटको भुक्तानी सेवा शुरु Read Next

माछापुच्छ्रे बैंकद्वारा नेपालमै पहिलोपटक वी च्याट वालेटको भुक्तानी सेवा शुरु