काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलको खुद नाफा करिब २४ प्रतिशतले गिरावट आएको छ ।
बैंकले बिहीबार सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विरण अनुसार १ अर्ब ११ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३४ करोड ७२ लाखले कम हो। अघिल्लो आवको सोही अवधिसम्ममा बैंकले १ अर्ब ४६ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको थियो।
समीक्षा अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ८२ करोड ३९ लाख रुपैयाँ रहेको छ। ९ अर्ब ८ करोड ९८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ३९ करोड ६८ लाख रुपैयाँ र सेयरधनी कोषमा ८७ करोड ७४ लाख रुपैयाँ रहेको छ।

असारमसान्त सम्ममा बैंकले २ अर्ब ८८ करोड १६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । असार मसान्तसम्ममा बैंकले ८८ अर्ब ५१ करोड रुपैयाँ निक्षेप संकलन गरी ७९ अर्ब १६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ७० अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन गरी ६२ अर्ब ९१ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।
नाफा घटेसँगै बैंकको प्रतिसेयर आम्दानी ५.२२ रुपैयाँ घटेर १२.२७रुपैयाँ कायम भएको छ। बैंकको मूल्य आम्दानी अनुपात १५.३१ गुणा, आधार दर ९.०४ प्रतिशत, स्प्रेड दर ४.०३ प्रतिशत रहेको छ ।