नबिल बैंकको खुद नाफा ६७ करोड घट्यो, लाभांश क्षमता कति

काठमाडौं । नबिल बैंकको खुद नाफा १५.८६ प्रतिशतले घटेको छ । बैंकले बिहीबार सार्वजनिक गरेको गत आवको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार बैंको नाफा अघिल्लो आवको तुलनामा ६७ करोड २१ लाख रुपैयाँ कघटेको छ ।

 

बैंकले गत आवको असार मसान्तसम्ममा ३ अर्ब ५६ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आवको सोही अवधिमा बैंकले ४ अर्ब २३ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको थियो।

 

असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ३ अर्ब ४ करोड २२ लाख रुपैयाँ रहेको छ। यसबाट बैंकले सेयरधनीलाई ३० प्रतिशतसम्म लाभांश बाँड्नसक्ने क्षमता राख्दछ । यद्यपि बैंकले गत आवको असार मसान्तसम्ममा उठ्न नसकेको ऋण असोजमसान्त सम्ममा उठाउन सके त्यसबाट हुने नाफा पनि लाभांशको रुपमा बाँड्न सक्नेछ ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १३ करोड ८९ लाख रुपैयाँ घटेर ७ अर्ब २ करोड २ लाख रुपैयाँमा सीमित भएको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा समीक्षा अवधिमा ९३ करोड ३० लाख रुपैयाँ घटेर ५ अर्ब ९ करोड रुपैयाँमा झरेको छ।

 

१० अर्ब ९ करोड ७४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १२ अर्ब ६६ करोड १६ लाख रुपैयाँ र सेयरधनी कोषमा ३ अर्ब ४ करोड २२ लाख रुपैयाँ रहेको छ।

 

असार मसान्तसम्ममा बैंकले १ खर्ब ९० अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। जबकि अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ खर्ब ६२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २७ अर्ब कर्जा लगानी गरेको थियो।

 

बैंकको प्रतिसेयर आम्दानी अघिल्लो आर्थिक वर्षको असार मसान्तको तुलनामा १३.३३ रुपैयाँले घटेर ३७.२४ रुपैयाँमा झरेको छ। बैंकको निष्क्रिय कर्जा ०.७४ प्रतिशतबाट बढेर ०.९७ प्रतिशत पुगेको छ।

 

बैंकको मूल्य आम्दानी अनुपात २०.५४ गुणा, पीई रेसियो २१.६६ गुणा, आधार दर ८.०९ प्रतिशत बाट ७.३२ प्रतिशतमा झरेको छ भने स्प्रेड दर ४.४३ प्रतिशतबाट ३.७३ प्रतिशतमा झरेको छ।

साढे ६ लाखले गरे कोरोना बीमा, शिखर इन्स्योरेन्सले बेच्यो सबैभन्दा धेरै पोलिसी Read Previous

साढे ६ लाखले गरे कोरोना बीमा, शिखर इन्स्योरेन्सले बेच्यो सबैभन्दा धेरै पोलिसी

बुक बिल्डिङ विधि लागू, अब १०० रुपैयाँमा आइपीओ नपाइने, न्यूनतम ५० कित्ता पाउने Read Next

बुक बिल्डिङ विधि लागू, अब १०० रुपैयाँमा आइपीओ नपाइने, न्यूनतम ५० कित्ता पाउने