यूएईद्वारा भिसा सम्बन्धी नियम परिवर्तन, भिजिट भिसाको म्याद १ महिना थप

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)ले भिसा सम्बन्धी नियम परिवर्तन गरेको छ ।

 

कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय उडानहरु बन्द भएको अवस्थालाई मध्येनजर गर्दै भिसा सम्बन्धी नियम परिवर्तन गर्दै नयाँ नियम लागू गरेको हो ।

 

यूएई सरकारले भिजिट भिसाको समयवधि १ महिना थप गरेको छ । मार्च १ पछि भिजिट भिसाको म्याद सकिएकालाई यूएई सरकारले भिसाको म्याद १ महिना थपिदिएको हो ।

 

यूएई सरकारको यो व्यवस्थासँगै हजारौं विदेशी नागरिक लाभान्वित भएका छन् । मार्च १ पछि भिसा अवधि सकिएका विदेशीले अबको १ महिनासम्म म्याद थप नगरी यूएई बस्न पाउने भएक छन्। तर मार्च १ भन्दा अघि नै भिसाको अवधि सकिएकाको हकमा भने यो नियम लागू हुने छैन ।

 

यस्तै यूएई सरकारले यूएई बाहिर रहेका वा बिदामा रहेका रेसिडेन्ट, रोजगार भिसा भएकालाई यूएई फर्कन चाहिने अनुमति आवश्यक नपर्ने पनि बताएको छ ।

सेयर मूल्यमा दैनिक पोजेटिभ सर्किट लागिरहेको अजोड इन्स्योरेन्सको नाफा ५० प्रतिशत बढ्यो Read Previous

सेयर मूल्यमा दैनिक पोजेटिभ सर्किट लागिरहेको अजोड इन्स्योरेन्सको नाफा ५० प्रतिशत बढ्यो

व्यापारीसँगको मिलेमतोमा पानीको मूल्य बढाइएको भन्दै खारेज गर्न माग Read Next

व्यापारीसँगको मिलेमतोमा पानीको मूल्य बढाइएको भन्दै खारेज गर्न माग