सेयर मूल्यमा दैनिक पोजेटिभ सर्किट लागिरहेको अजोड इन्स्योरेन्सको नाफा ५० प्रतिशत बढ्यो

काठमाडौं। अजोड इन्स्योरेन्सले खुद नाफा ५० प्रतिशतले बढाउन सफल भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ मा अघिल्लो आर्थिक वर्षको तुलनामा खुद नाफा २ करोड ९ लाख बढाएको छ ।

 

कम्पनीले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विरण अनुसार गत आवको असार मसान्तसम्ममा इन्स्योरेन्सले ६ करोड २० लाख रुपैयाँ खुद नाफा नाफा कमाएको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षमा ४ करोड ११ लाख रुपैयाँ नाफा कमाएको थियो ।

 

समीक्षा अवधिमा यन्स्योरेन्सले खुद बीमा शुल्क आर्जन २७ करोड ७९ लाख छ। अघिल्लो आवमा यस्तो आर्जन १५ करोड ५१ लाख रुपैयाँ मात्र रहेको थियो।

 

समीक्षा अवधिमा इन्स्योरेन्सको पुनर्बीमा कमिशन आय ७ करोड ५३ लाख रुपैयाँ बढेर १४ करोड ३९ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, इन्स्योरेन्सको लगानी कर्जा तथा अन्यबाट हुने आय १ करोड ५५ लाख रुपैयाँ बढेर ३ करोड २४ लाख रुपैयाँ पुगेको छ।

 

असार मसान्तसम्ममा इन्स्योरेन्सले ८ करोड ७२ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। इन्स्योरेन्सको जगेडा कोषमा ४ करोड ५४ लाख रुपैयाँ, बीमा कोषमा ६ करोड १६ लाख रुपैयाँ र महाविपत्ती जगेडा कोषमा ७० लाख रुपैयाँ सञ्चित छ।

 

कम्पनीको असारसम्म जारी बीमालेख संख्या ९१ हजार २२७ रहेको छ भने नवीकरण गरिएको बीमालेखको संख्या ५ हजार ९२ रहेको छ।

 

कम्पनीको प्रतिसेयर आम्दानी ८.६८ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ ११५.९७ रुपैयाँ छ ।

 

गत हप्तादेखि दोस्रो बजारमा कारोबारमा आएको इन्स्योरेन्सको सेयर मूल्यमा दैनिक पोजेटिभ सर्किट लाग्दै आएको छ । दुईहप्तामै कम्पनीको सेयर मूल्य झण्डै दोब्बरले बढेको छ ।

यी हुन् ओटीसी मार्केटमा कारोबार हुने १२३ कम्पनी (नामसहित) Read Previous

यी हुन् ओटीसी मार्केटमा कारोबार हुने १२३ कम्पनी (नामसहित)

यूएईद्वारा भिसा सम्बन्धी नियम परिवर्तन, भिजिट भिसाको म्याद १ महिना थप Read Next

यूएईद्वारा भिसा सम्बन्धी नियम परिवर्तन, भिजिट भिसाको म्याद १ महिना थप