काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले ओभर द काउन्टर (ओटीसी)बजारमा कारोबार हुने कम्पनीहरुको सूची सार्वजनिक गरेको छ ।
नेप्सेका अनुसार हाल १२३ वटा कम्पनीहरु ओटीसी मार्केटमा कारोबारका लागि दर्ता भएका छन् । जसमा सरकारी स्वामित्वको नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक लगायत विभिन्न सरकारी तथा निजी क्षेत्रका कम्पनीहरु रहेका छन् ।
नेप्सेले सार्वजनिक गरेको ओटीसी मार्केटमा दर्ता भएका कम्पनीहरुमा शैक्षिक संस्था, उत्पादनमूलक कम्पनी, हाइड्रोपावर, रेमिटेन्स सेवा प्रदायक, फाइनान्स कम्पनी, क्यापिट मार्केट लगायत क्षेत्रका कम्पनीहरु छन् ।
नेप्सेले सूचीकरण खारेज गरेका वा सूचीकरणका मापदण्ड पूरा नभएका विभिन्न कम्पनीहरुको धितोपत्र नेप्सेको ओटीसी प्लेटफर्ममार्फत् किनबेच हुने व्यवस्था छ ।
बजार सञ्चालन नियमावली २०५६, अनुसार नेप्सेले सूचीकरण खारेज गरेका, सूचीकरणका लागि आवश्यक शर्तहरु पूरा गर्न नसकेका, सूचीकरण प्रक्रियामा नआएका अन्य पब्लिक कम्पनी तथा सरकारी संस्थाले निष्कासन गरेका कम्पनीहरुको धितोपत्रहरु ओटीसी बजार कारोबार हुने व्यवस्था छ ।
यस्तै, आइपीओ जारी गर्न बाँकी रहेका वा विविध कारणले सूचीकरण हुन ढिलाई भएका कम्पनीहरुले पनि ओटीसीमार्फत सेयर कारोबार गरेर स्वामित्व परिवर्तन गर्न सक्ने व्यवस्था रहेको छ ।