नेपाल बैंकको खुद नाफा घट्यो, वितरण योग्य नाफा कति

काठमाडौं । सरकारी स्वामित्वको नेपाल बैंकको नाफामा सामान्य गिरावट आएको छ ।बैंकले आइतबार सार्वजनिक गरेको गत आवको चौथो त्रैमासिक त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ४ करोड ६७ लाखले घटेको छ ।

 

बैंकले गत आवको असारसम्ममा २ अर्ब ५५ करोड रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आवमा बैंकले २ अर्ब ५९ करोड ६७ लाख खुद नाफा कमाएको थियो ।

 

कोरोनाका कारण कर्जा असुली तथा लगानीमा कमी आउँदा नाफा घटेको बैंकले जनाएको छ । बैंकले समीक्षा अवधिसम्ममा ५ अर्ब ६१ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५७ करोड ५ लाख रुपैयाँ कम हो।

 

समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ९४ करोड ३६ लाख रुपैयाँ घटेर ३ अर्ब ५६ करोड ६४ लाख रुपैयाँमा सीमित भएको छ।

 

सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा २ अर्ब २१ करोड ४ लाख रुपैयाँ रहेको छ । हाल  ११ अर्ब २८ करोड २८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १२ अर्ब ९८ करोड ५४ लाख रुपैयाँ छ । बैंकको सेयरधनी कोषमा ४ अर्ब १२ करोड ५० लाख रुपैयाँ र सेयर प्रिमियममा १ अर्ब ७८ करोड ८७ लाख रुपैयाँ सञ्चित छ।

 

गत असार मसान्तसम्ममा बैंकले १ खर्ब ४२ अर्ब निक्षेप संकलन गरी १ खर्ब ४ अर्ब कर्जा लगानी गरेको छ।

 

खुद नाफा घटेसँगै बैंकको प्रतिसेयर आम्दानीमा पनि गिरावट आएको छ। अघिल्लो आवमा २६.९९ रुपैयाँ रहेको बैंक प्रतिसेयर आम्दानी ४.३३ रुपैयाँले घटेर २२.६६ रुपैयाँमा कायम भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ २६७.५० रुपैयाँ, मूल्य आम्दानी अनुपात १०.९९ गुणा छ ।

निर्माण कम्पनीले नबुझाउँदै विश्वकै लामो झोलुङे पुलमा समस्या Read Previous

निर्माण कम्पनीले नबुझाउँदै विश्वकै लामो झोलुङे पुलमा समस्या

कोरोनाका बाबजूद अम्बानीको सम्पत्ति बढेको बढ्यै, बने विश्वकै चौथो धनी व्यक्ति Read Next

कोरोनाका बाबजूद अम्बानीको सम्पत्ति बढेको बढ्यै, बने विश्वकै चौथो धनी व्यक्ति