निर्माण कम्पनीले नबुझाउँदै विश्वकै लामो झोलुङे पुलमा समस्या

फाइल तस्वीर

पर्वत । पर्वत र बागलुङ जोड्ने विश्वकै लामो झोलुङे पुल निर्माण सम्पन्न भएको ३ महिना पनि नपुग्दै हल्लिन थालेको छ ।

 

हल्लिएको गुनासो आएपछि निर्माण कम्पनीले थप बलियो र नहल्लिने बनाउन पुलको छेउ भागमा टाई थप्ने भएको छ । कालीगण्डकी नदमिाथि निर्माण गरिएको बागलुङ नगरपालिका–१ बांगेचौरदेखि पर्वतको कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्ने ५६७ मिटर लामो पुल सर्वसाधरणको लागि खुला गरिएको केहि समय नहुँदै जीर्ण बनेको हो ।

 

पुलको क्षमता ६१२ जना अर्थात ८५ मेट्रिक टन छ । निर्माण कम्पनीले नगरपालिकालाई हस्तान्तरण नगर्दै अत्याधिक हल्लिने भएपछि पुनर्निर्माणको काम थालिएको छ ।

 

करिब १३० मिटर अग्लो झोलुङे पुल गत वैशाखमा नै निर्माण सम्पन्न भएको थियो । नेपाल टेलिभिजनबाट

इसुवाखोला हाइड्रोपावरले पीडितलाई दियो थप ९ करोड Read Previous

इसुवाखोला हाइड्रोपावरले पीडितलाई दियो थप ९ करोड

नेपाल बैंकको खुद नाफा घट्यो, वितरण योग्य नाफा कति Read Next

नेपाल बैंकको खुद नाफा घट्यो, वितरण योग्य नाफा कति