क्लासिक टेकमा १६६ जनालाई रोजगारीको अवसर

काठमाडौं । कोरोना भाइरस कारण उत्पन्न आर्थिक संकटका कारण अहिले मानिसहरु बेरोजगार हुने क्रम बढ्दो छ । यसैबीच, इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले भने एकैचोटी १६६ जनालाई रोजगारीको अवसर दिएको छ ।

 

कम्पनीले सेवा विस्तार र नयाँ शाखाहरु खोल्नका लागि नयाँ कर्मचारी माग गरेको हो ।कम्पनीले काठमाडौंका लागि कर्पोरेट रिलेसन अफिसरको रुपमा १० जना कर्मचारी मागेको छ । स्नातक तह उत्तीर्ण गरेका, सावरी चालक अनुमतिपत्र भएका र सेल्स एण्ड अपरेशनमा दुई वर्ष अनुभव भएकाहरुले यो पदका लागि आवेदन दिन सक्नेछन् ।

 

यसैगरी कम्पनीले सेल्स एसोसिएट, एरिया सेल्स रिप्रिजेन्टेटिभ र फ्रन्ट डेक्स एसोसियट पदहरुका लागि ५०÷५० जना कर्मचारी माग गरेको छ ।

 

काठमाडौं, बनेपा, पोखरा, विराटनगर, वीरगञ्ज, बुटवल, चितवन, हेटौंडा, इटहरी, धरान, विराटनगर, कावासोती, बर्दिवास, सिमरा, धुलिखेल र हाटियाका लागि यी कर्मचारी मागिएको हो ।

 

यसमा आवेदन दिनका लागि प्लस टू पास गरेको हुनुपर्ने छ । जसमध्ये सेल्स एसोसिएटको लागि फाइबर सपोर्टको अनुभव भएका, आफ्नै सवारी साधन र चालक अनुमतिपत्र भएकाहरुले आवदेन दिन सक्नेछन् ।

 

त्यसैगरी एरिया सेल्स रिप्रिजेन्टेटिभको लागि सेल्स र मार्केटिङमा एक वर्षको अनुभव भएको र आफ्नै सवारी साधन तथा चालक अनुमतिपत्र भएको हुनुपर्ने उल्लेख गरिएको छ। फ्रन्ट डेस्क एसोसिएट पदका लागि भने कस्टमर सर्भिसमा एक वर्षको अनुभव भएको र आफ्नै सवारी साधन तथा चालक अनुमतिपत्र भएको हुनुपर्ने छ ।

 

यस अलावा कम्पनीले सहायक शाखा प्रमुख पदको लागि पनि आवेदन माग गरेको छ ।काठमाडौं, बनेपा, पोखरा, कावासोती, नेपालगञ्ज र धादिङ गरी कुल ६ जनाका लागि यसमा आवेदन माग भएको हो ।

 

यसका लागि सेल्स एण्ड अपरेसनमा तीन वर्षको अनुभव भएको, स्नातक उत्तीर्ण भएको, आफ्नै सवारी साधन र चालक अनुमतिपत्र भएका व्यक्तिले आवेदन दिनसक्ने कम्पनीले जनाएको छ ।

थप ४६४ जनामा कोरोना पुष्टि, ५ जनाको मृत्यु, ४२५ डिस्चार्ज Read Previous

थप ४६४ जनामा कोरोना पुष्टि, ५ जनाको मृत्यु, ४२५ डिस्चार्ज

इसुवाखोला हाइड्रोपावरले पीडितलाई दियो थप ९ करोड Read Next

इसुवाखोला हाइड्रोपावरले पीडितलाई दियो थप ९ करोड