थप ४६४ जनामा कोरोना पुष्टि, ५ जनाको मृत्यु, ४२५ डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४६४ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशका विभिन्न जिल्लाका ४६४ जनामा कोरोना पुष्टि भएको हो ।

 

पछिल्लो २४ घण्टामा थप ४२५ जना डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको भई घर फर्कनेको संख्या १५ हजार ८१४ पुगेको छ ।

 

पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण ज्यान जानेको संख्या ७० पुगेको छ ।

बुद्ध एयरले अब सिमरामा एटीआर-७२ जहाजमार्फत उडान गर्ने Read Previous

बुद्ध एयरले अब सिमरामा एटीआर-७२ जहाजमार्फत उडान गर्ने

क्लासिक टेकमा १६६ जनालाई रोजगारीको अवसर Read Next

क्लासिक टेकमा १६६ जनालाई रोजगारीको अवसर