काठमाडौं । कुमारी बैंकले देशका विभिन्न २५ ठाउँमा रहेको शाखा गाभ्ने भएको छ । कुमारीले देव विकास बैंकलाई आफूमा गाभेपछि एकै ठाउँमा भएका शाखाहरु गाभ्न लागेको हो ।
बैंकले सार्वजनिक सूचना जारी गर्दै विभिन्न ठाउँमा रहेका शाखाहरु गाभ्ने जानकारी दिएको छ। देव विकास बैंक र कुमारीका शाखा नजिकै परेका ठाउँमा गाभेर एकै ठाउँबाट सेवा दिने बैंकले जानकारी दिएको छ।
बैंकले उपत्यकाका नक्साल, कोटेश्वर, बौद्ध, कालिमाटी, बानेश्वरमा साविकको देव विकास बैंक र कुमारी बैंकका शाखालाई गाभ्न लागेको हो ।
त्यस्तै, बनेपा, मेलम्ची, इटहरि, धनगढी, पोखरा, बुटवल, वीरगञ्ज, नेपालगञ्ज, कावासोती, तुल्सीपुर, नारायणगढ, कोहलपुर, कुश्मा, कञ्चनपुर, नारायणपुर, ठाकुरबाबा, जीतपुर, गैँडाकोट र खैरेनीमा शाखा गाभिने बैंकले जनाएको छ ।