काठमाडौं । अब अनलाइनबाटै फर्म रजिष्ट्रेशन र नवीकरण गर्न सकिने भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले व्यवसाय दर्ता र नवीकरण लगायतका काम अनलाइनबाटै गर्न शुरु गरेको छ।
कोरोना महामारीको संक्रमण जोखिम बढिरहेका बेला विभागले ‘प्राइभेट फर्म, साझेदारी फर्म, कम्पनी तथा एजेन्सी दर्ता, नवीकरण, संशोधन र खारेजी लगायतका काम अनलाइनबाटै शुरु गरेको हो ।
विभागका अनुसार प्राइभेट फर्म, साझेदारी फर्म, कम्पनी तथा एजेन्सी दर्ता, नवीकरण, संशोधन र खारेजीका लागि विभागको वेबसाइटमा गई अनलाइन फर्म दर्ता भन्ने लिङ्कमा गएर निवेदन दिन र आवश्यक कागजात पेश गर्न सकिने छ ।
