काठमाडौं । शाओमी कर्पोरेशन पहिलो पटक फर्चून ग्लोबल ५०० सूचीमा समावेश भएको घोषणा गरेको छ ।बेजिङ्ग–आधारित विश्वव्यापी टेक्नोलोजी लिडर २०१९ का लागि फर्चून ग्लोबल ५०० सूचीको ४६८औं स्थानमा पर्ने सबैभन्दा कान्छो कम्पनी बन्न सफल भएको छ ।
गत आर्थिक वर्षमा शाओमीले २६,४४३.५० मिलियन अमेरिकी डलर राजस्व तथा २०४९.१० मिलियन अमेरिकी डलर बराबरको मुनाफा कमाएको छ । कम्पनी इन्टरनेट सेवा र रिटेलिङ श्रेणीमा स्थानमा रहेको छ ।
स्मार्टफोन र स्मार्ट हार्डवेयरको साथमा इन्टरनेट अफ थिङ्ग प्ल्याटफर्ममा आधारित अप्रिल २०१० मा स्थापना भएको इन्टरनेट कम्पनी शाओमी पहिलो पटक जूनमा फर्चून चीन ५०० सूचीको ५३औं स्थानमा पर्न सफल भएको थियो ।
सन् २०१२ मा कम्पनीको सेल्स रेभिन्यू आरएमबी १० हजार मिलियन (१४५३.७२ मिलियन अमेरिकी डलर) र सन् २०१७ मा आरएमबी एक लाख मिलियन (१४५३७.२१ मिलियन अमेरिकी डलर) पुगेको थियो ।
शओमीले निरन्तर कन्ज्यूमर ब्राण्ड इक्विटी र बलियो विकास क्षमताको प्रदर्शन गर्दछ यसका लागि कम्पनीको अनुपम तथा शक्तिशाली ‘ट्रयाथलोन’ बिजनेस मोडलका लागि धन्यवाद जुन डूअल–कोर रणनीति ‘स्मार्टफोन प्लस एआईओटी’ को परिणाम हो ।
अन्तर्राष्ट्रिय बजार अनुसन्धान संगठन आईडीसीका अनुसार, मार्च २०१९ मा, शाओमी सिपमेन्ट सेल्स भोलुमका आधारमा प्रत्येक वर्ष ३२.२% को वृद्धि गर्दै विश्वकै चौथो स्मार्टफोन ब्राण्ड बनेको छ ।
कम्पनीले २०० भन्दा बढि इकोसिस्टम कम्पनीहरुमा लगानी गरेको छ जसमध्य धेरैजसो स्मार्ट हाडवेयको विकासमा स्पेशलाइज्ड गरेका छन्, र मार्च २०१९ को अन्त्यसम्म स्मार्टफोन र ल्यापटप बाहेक करिब १७१ मिलियन आईओटी उपकरण बनाउदै विश्वकै सबैभन्दा ठूलो उपभोक्ता आईओटी प्ल्याटफर्म बनाएको छ ।
शाओमीले विश्वभरका ८० भन्दा बढि बजारमा पदचिन्ह फैलाइसकेको छ । अन्तर्राष्ट्रिय बजार अनुसन्धान संगठन क्यानलेसका अनुसार मार्च २०१९ मा शाओमी ४० वटा भन्दा बढि बजारमा सिपमेन्टका आधारमा शिर्ष ५ स्थानमा रहेको छ र ३१.४% बजार शेयरसँगै निरन्तर ७ क्वाटरसम्म भारतको ठूलो स्मार्टफोन ब्राण्ड बनेको छ ।
कम्पनीले पश्चिम यूरोपमा उच्च ग्रोथ रेट कायम गरेको छ, आधिकारिक शुरुवातको दुई वर्ष पनि नपुग्दै स्मार्टफोन सिपमेन्टको आधारमा चौंथो स्थानमा रहेको छ साथै अफ्रिका र लेटिन अमेरिकाको नयाँ बजारमा उत्साहपुर्ण प्रगति गरिरहेको छ ।
शाओमी विदेशी बजारमा अनलाइन र अफलाइन च्यानल समावेश गरेर प्रभावशाली नयाँ रिटेल नेटवर्क बनाउन र विस्तार गर्न समर्पित रहेको छ । सन् २०१९ मार्च ३१ गतेसम्म प्रत्येक वर्ष ९३.५प्रतिशत वृद्धिलाई प्रतिनिधित्व गर्दै विदेशमा ४८० वटा आधिकारिक एमआई होम स्टोर, जस मध्य यूरोपमा ११० र भारतमा ७९ स्टोरहरु रहेका छन् ।
शाओमीले ‘अल इन एआईओटी’ विकासका लागि आगामी ५ वर्षको ‘स्मार्टफोन प्लस एआईओटी’ डुअल कोर रणनीतिमा १० बिलियन आरएमबी लगानी गर्दै आर्टीफिसियल इन्टिलिजेन्सलाई र भविष्यमा आईओटी डेभ्लेप्मेन्ट अवसरहरु पुँजीगत गर्न र आगामी ५ देखि १० वर्ष भित्र विकासको ठोस आधार बनाउन लगानी गरिरहेको छ ।
यसबाहेक, कम्पनीले आफ्नो व्यापार रणनीति चीनबाट विदेशमा वृद्धि तथा समायोजन गरेर सफलता झल्काउने योजना बनाइरहेको छ ।
फर्चून ग्लोबल ५००, ग्लोबल ५०० को रुपमा परिचित, यो निरन्तर ६७ वर्षदेखि विश्वभरका शिर्ष ५०० वटा कर्पोरेशनहरुको वार्षिक र्याकिङ हो, जुन अघिल्लो आर्थिक वर्षको राजस्व तथा मुनाफाको आधारमा र्याकिङ गरेर फर्चून म्यागेजिनमा प्रकाशन गर्ने जनाएको छ ।