सञ्चालनको पहिलो महिनामा तातोपानी नाकाबाट ५३ लाख राजश्व सङ्कलन

काठमाडौं । चीनसँग सीमा जोडिने सिन्धुपाल्चोकको तातोपानी नाकाबाट एक महिनामा ५३ लाख राजश्व सङ्कलन भएको छ ।

चार वर्षपछि जेठ १५ बाट सञ्चालनमा आएको तातोपानी नाकाबाट रु ५३ लाख मात्र राजश्व सङ्कलन भएको भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए ।

 

औपचारिक रुपमा खुलेको नाकाबाट पहिलो हप्तामा तीन–चार वटा मात्रै कन्टेनर भित्रने गरेका थिए । नेपालबाट सामान लिनका लागि गएको भ्यान खासा पुगेर सामान लिएर फर्किने क्रम बढदै गएको छ ।

 

चीनबाट आएका ठूला मालवाहक कन्टेनर सिधै लार्चास्थित सुख्खा बन्दरगाहमा आएर परीक्षण हुने समेत अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए ।

 

नाका सञ्चालनमा आएपछि सीमा क्षेत्रमा विस्तारै चलह–पहल बढ्दै गएको छ । होटल र खुद्रा व्यापारीसमेत बढ्दै गएका छन् । भूकम्पअघि दैनिक करोडौँ रुपैयाँ राजश्व सङ्कलन हुने गरेका थियो । नाकामा व्यापार बढेपछि राजश्व सङ्कलन पहिलेकै अवस्थामा फर्कने अपेक्षा राखिएको छ ।

शाओमी कर्पोरेशन फर्चून ग्लोबल ५०० सूचीमा, सबैभन्दा कान्छो कम्पनी Read Previous

शाओमी कर्पोरेशन फर्चून ग्लोबल ५०० सूचीमा, सबैभन्दा कान्छो कम्पनी

महालक्ष्मी बैंकले सित्तैमा मेहेन्दी लगाइदिने Read Next

महालक्ष्मी बैंकले सित्तैमा मेहेन्दी लगाइदिने