काठमाण्डौ । महालक्ष्मी विकास बैंकले महिला ग्राहकलाई सित्तैमा मेहेन्दी लागाइदिने भएको छ । बैंकले विशेषगरी महिला ग्राहकलाई लक्षित गर्दै सोमबार देखि ‘महालक्ष्मी मेहेन्दी कार्यक्रम–२०७६’ सञ्चालन गरेको छ ।
बैंकको यो सेवा उपत्यकाभित्र तथा बाहिरका विभिन्न शाखाहरुमार्फत साउन महिनाभरी निःशुल्क रुपमा पाउने जनाएको छ । बैंकले यो सेवा आफ्ना महिला ग्राहकहरुलाई मात्र प्रदान गर्ने जनाएको । इच्छुक महिला ग्राहकहरुले आफूलाई पायक पर्ने शाखामा गई निःशुल्क रुपमा आर्कषक मेहेन्दी लगाउन सक्ने बैंकले जनाएको छ ।
बैंकले सो कार्यक्रम राजधानीभित्रका बसुन्धारा, बानेश्वर, कुमारीपाटी, सातदोबाटो, दरबारमार्ग, नयाँबजार, झम्सिखेल, भाटभटेनी, सतुङ्गल, सुकेधारा, न्यूरोड शाखाहरुमा तथा राजधानीबाहिर धनगढी, हेटौडा, बीरगञ्ज, भैरहवा, राजापुर, कमाने, लुम्बिनी, पोखरा, पालुङ शाखा हरुमा पालैपालो महिनाभरि नै संचालन हुने जनाएको छ ।
बैंकले श्रावण महिनाको अवसर पारी नेपाली नारीहरुलाई लक्षित गर्दै हिन्दु संस्कृतिको जगेर्ना गर्ने प्रयास स्वरुप उक्त कार्यक्रम गरेको हो ।