ब्याज छुट दिन बैंकहरुको कन्जुस्याइँ, ८३ प्रतिशत उद्योगी, व्यवसायीले पाएनन् छुट

काठमाडौं । नेपाल राष्ट्र बैंकले कारोरोना प्रभावित उद्योगी, व्यवसायीलाई ब्याजमा छुटदिन बैंकहरुलाई निर्देशन दिए पनि त्यो कार्यान्वयनमा नआएको पाइएको छ ।

 

राष्ट्र बैंकले चैतदेखि जेठसम्मको ब्याजमा १० प्रतिशत छुट दिने व्यवस्था गरे पनि व्यवहारमा भने त्यो न्यून मात्रमा लागू भएको पाइएको छ ।

 

राष्ट्र बैंकको अध्ययन अनुसार झन्डै ८३ प्रतिशत उद्योगी व्यवसायीले ब्याज छुटको सुविधा पाएका छैनन । जसमा ७१.६ प्रतिशतले सो सुविधा प्राप्त नगरेको र ११्१ प्रतिशतले आफूलाई सो सुविधा लागू नहुने बताएका छन् ।

 

नेपाल राष्ट्र बैंकले नै गरेको एक अध्ययन अनुसार जम्मा अध्ययनमा १७.३ प्रतिशत उद्योगी व्यवसायीले मात्र ब्याज छुट पाएको देखिएको छ ।

 

सो अध्ययन अनुसार झन्डै ८३ प्रतिशत उद्योगी व्यवसायीले ब्याज छुटको सुविधा पाएका छैनन । जसमा ७१.६ प्रतिशतले सो सुविधा प्राप्त नगरेको र ११.१ प्रतिशतले आफूलाई सो सुविधा लागू नहुने बताएका छन् ।

 

ब्याज छुट प्राप्त गर्नेमा सबैभन्दा धेरै ३५.१ प्रतिशत कृषि, वन तथा मत्स्यपालन क्षेत्रका र सबैभन्दा कम १०.१ प्रतिशत अन्य क्षेत्रका उद्योग÷व्यवसाय छन् । सञ्चार क्षेत्रका कुनै पनि उद्योग/व्यवसायले यो सुविधा पाएका छैनन ।

 

बन्दाबन्दी अवधिमा सर्वेक्षणमा सहभागी उद्योग/व्यवसायहरुलाई सञ्चालन खर्च व्यहोर्न चालु पूँजीको अभाव, उत्पादनको बिक्री वितरणमा कठिनाइ र बजारमा मागको कमीजस्ता समस्या रहेको अध्ययनले देखाएको छ ।

 

लकडाउनको बेला ४ प्रतिशत उद्योगमात्र पूर्ण क्षमतामा सञ्चालन

 

कोरोना रुोकथाम तथा नियन्त्रणमा लगाइएको लकडाउनमा ४ प्रतिशत उद्योगमात्र पूर्ण क्षमतामा सञ्चालन भएको पाइएको छ । सो अवधिमा ६१ प्रतिशत उद्योग पूर्ण रुपमा बद रहेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ । ३५ प्रतिशत उद्योग आशिंक रुपमा चलेको पाइएको छ ।

 

 

पूर्ण रुपमा बन्द हुने उद्योगमा शिक्षा, होटल तथा रेष्टुरेन्ट, रियल स्टेट, भाडा तथा व्यावसायिक क्रियाकलाप, यातायात तथा भण्डारण क्षेत्रका अधिकांश उद्योग/व्यवसाय छन ।

सो अवधिमा कृषि, वन तथा मत्स्यपालन, सञ्चार र स्वास्थ्य तथा सामाजिक कार्य क्षेत्रका धेरै उद्योग/व्यवसाय भने पूर्णरुपमा सञ्चालनमा भएको देखिन्छ ।

 

स्वास्थ्य तथा सामाजिक कार्य, खानी तथा उत्खनन, उत्पादनमूलक उद्योग, विद्युत् ग्याँस तथा पानी, कृषि वन तथा मत्स्यपालन क्षेत्रका आधा भन्दा बढी उद्योग/व्यवसाय आंशिकरुपमा सञ्चालन भएको अध्ययनले देखाएको छ ।

 

सो अवधिमा ठूला र मझौला उद्योग्व्यवसायको तुलनामा घरेलु उद्योग, लघु उद्यमरसाना खुद्रा व्यापार र साना उद्योगरव्यवसाय बढी प्रभावित भएको देखिन्छ ।

 

लकडाउने उद्योग सञ्चालन हुन नपाएपछि करिब ७४ प्रतिशतले उत्पादन घटेको छ । अध्ययनमा सहभागीमध्ये ०.९ प्रतिशत उद्योगरव्यवसायको उत्पादनरकारोबार १५.४ प्रतिशतले बढेको र २.४ प्रतिशतको पूर्ववत अवस्थामा रहेको बताएका छन् ।

 

२२.५ प्रतिशत कामदारको जागिर गुम्यो

 

राष्ट्र बैंकका अनुसार लकडाउनको अवधिमा २२.५ प्रतिशत कर्मचारीले रोजगारी गुमाएका छन् । रोजगारी गुमाएकामध्ये ७०.६ प्रतिशत अस्थायी र करारका कामदार छन् ।

 

जसमा होटल तथा रेष्टुरेन्ट क्षेत्रमा सबैभन्दा धेरै ४० प्रतिशत कर्मचारी/कामदारले रोजगारी गुमाएको देखिएको छ । रोजगारी गुमाउनेमध्ये ५८.२ प्रतिशत अस्थायी कामदार छन् ।

 

शिक्षा क्षेत्रमा सबैभन्दा कम ५.६ प्रतिशत कर्मचारी कटौती गरेको पाइएको छ ।घरेलु उद्योग र लघु उद्यमरसाना खुद्रा व्यापारीले लकडाउनमा राष्ट्रिय औसतभन्दा धेरै कामदार कटौती गरका छन् ।

 

कडाउनको अवधिमा सबैभन्दा धेरै घरेलु उद्योगले ३०.५ प्रतिशत र सबैभन्दा कम ठूला उद्योग १४ प्रतिशत कामदार कटौती गरेका छन् ।

आजदेखि फेरि जोर विजोर लागू Read Previous

आजदेखि फेरि जोर विजोर लागू

अब ३०० रुपैयाँमा १ लाखको कोरोना बीमा Read Next

अब ३०० रुपैयाँमा १ लाखको कोरोना बीमा