आजदेखि फेरि जोर विजोर लागू

काठमाडौं । सरकारले आज (बिहीबार) देखि निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली लागू गरेको छ ।

 

कोरोना भाइरसको जोखिम बढेसँगै पुनः जोर विजोर लागू गरिएको गृह मन्त्रालयद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

 

‘काठमाडौं उपत्यका र कोभिड–१९ को २०० भन्दा बढी सक्रिय संक्रमण केश भएका जिल्लामा अत्यावश्यक सेवा बाहेकका सार्वजनिक तथा निजी सवारी साधनहरु भोली मिति २०७७–०४–२२ गतेदेखि लागू हुने गरी जोर बिजोर नम्बरका आधारमा मात्र सञ्चालन गर्ने व्यवस्था गर्ने’, गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

 

अब काठमाडौं उपत्यकाका काठमाडौ‌ं ललितपुर र भक्त्तपुरसहित ती जिल्लाहरुमा जोर विजोर प्रणाालीका आधारमा सवारी साधन चलाउन पाइने छ।

सुनको भाउ अचाक्ली बढिरहेकै बेला मंगोलियाले किन्यो ११ हजार ३०० किलो सुन Read Previous

सुनको भाउ अचाक्ली बढिरहेकै बेला मंगोलियाले किन्यो ११ हजार ३०० किलो सुन

ब्याज छुट दिन बैंकहरुको कन्जुस्याइँ, ८३ प्रतिशत उद्योगी, व्यवसायीले पाएनन् छुट Read Next

ब्याज छुट दिन बैंकहरुको कन्जुस्याइँ, ८३ प्रतिशत उद्योगी, व्यवसायीले पाएनन् छुट