सुनको भाउ अचाक्ली बढिरहेकै बेला मंगोलियाले किन्यो ११ हजार ३०० किलो सुन

मंगोलियाको केन्द्रीय बैंकले यस वर्षको पहिलो सात महिनामा ११.३ टन सुन खरिद गरेको छ । मुलुकको आर्थिक स्थायित्व सुनिश्चित गर्न सुन खरिद गरिएको बैंक अफ मंगोलियाले जनाएको छ ।

 

मंगोलियामा नौ महिनाको आयात धान्न सक्ने विदेशी मुद्रा संचित रहेको छ । बैंकका अनुसार मंगोलियाको यस वर्षको ६ महिनाको अवधिमा ३ अर्ब ६० करोड अमेरिकी डलर संचित रहेको छ ।

 

विश्वका सबैजसो केन्द्रीय बैंकले आफ्नो विदेशी मुद्रा संचिती बढेसँगै सुन खरिद गर्ने प्रचलन रहेको छ । एजेन्सी

काठमाडौंमा ६१ सहित थप ३८१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २१ हजार ३९० पुग्यो Read Previous

काठमाडौंमा ६१ सहित थप ३८१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २१ हजार ३९० पुग्यो

आजदेखि फेरि जोर विजोर लागू Read Next

आजदेखि फेरि जोर विजोर लागू